नेपाल लाइफ इन्स्योरेन्स कम्पनी विश्लेषण

Nov 05, 2022 05:48 PM Merolagani

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २९५.८६ अंक बढेको छ।

तिहार अघिको अन्तिम बिहीबार ८६४४.११ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३.४२ प्रतिशत बढेर ८९३९.९७ विन्दुमा पुगेको छ।

सोही उपसमूहमध्येको एक कम्पनी हो नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC) ।

इन्स्योरेन्सले मंसिर ८ गते बाइसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा होटल भिष्वा, वीरगंज (पर्सा)मा बिहान ९ बजे शुरु हुनेछ। सभाले चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको वार्षिक कार्य प्रगति प्रतिवेदन, वित्तयि विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिले गरेको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यसै साताको बिहीबार अर्थात कात्तिक १७ गते बुकक्लोज गरेको थियो।

यस साता इन्स्योरेन्सको शेयरमूल्य ४१ रुपैयाँ ५० पैसा बढेको छ। तिहार अघिको अन्तिम बिहीबार ५७४ रुपैयाँमा अन्तिम कारोबार भएको यस इन्स्योरेन्सको शेयर, यस साता ६१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी साता इन्स्योरेन्सको शेयरमूल्य उकालो लागेमा ७०० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ५०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन इन्स्योरेन्सको शेयरमूल्यले छोटो टुप्पी र पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। यसले सो दिन इन्स्योरेन्सको शेयरमा बिक्रीचाप बढेको संकेत गर्दछ।

यस साता इन्स्योरेन्सको ५ दिने इएमए र २० दिने इएमएले गोल्डन क्रशओभर बनाएको छ। यसले इन्स्योरेन्सको शेयरमूल्य बढ्ने संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन इन्स्योरेन्सको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यसले इन्स्योरेन्सको शेयरमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

यस साता इन्स्योरेन्सको शेयरमूल्यसँगै भोल्यूम पनि बढेको छ। यस साता इन्स्योरेन्सको दैनिक औषतमा २६ हजार २२४ कित्ता शेयर खरिदबिक्री भएको छ। इन्स्योरेन्सको २० दिने औषत भोल्युम २३ हजार ९४२ कित्ता रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा इन्स्योरेन्सको दैनिक औषत भोल्यूम ९.५३ प्रतिशत बढी हो।

इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क भने ९.४४ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सले सो अवधिसम्ममा जीवन बीमा धितोबापत २४ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेर २ अर्ब ३८ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ।

चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २८ करोड ८३ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब ७९ करोड ६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७२ करोड २ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३० पैसा नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ५१ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार इन्स्योरेन्सको प्राइस टु बुकभ्यालु रेशियो ५.९५ गुणा रहेको छ।

यस साता इन्स्योरेन्सको १४ दिने आरएसआई ५३.८१ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा इन्स्योरेन्सको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका केही उपकरणमा इन्स्योरेन्सको शेयरमूल्य बुलिश देखिएको छ भने केहीमा बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

हाल नेप्सेमा इन्स्योरेन्सको ८ करोड २० लाख ७९ हजार ६६५.५० कित्ता शेयर सूचीकृत छ। इन्स्योरेन्सको १८० दिने औषत मूल्य ७२१ रुपैयाँ २४ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको ५२ हप्ताको उच्च मूल्य १ हजार ८१० रुपैयाँ रहेको छ भने न्यून मूल्य ५७० रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार दिनको मूल्य अनुसार इन्स्योरेन्सको कुल बजार पूँजीकरण ५० अर्ब ५२ करोड ३४ हजार ११५ रुपैयाँ २५ पैसा रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा इन्स्योरेन्स अहिले एक्सट्रीम फियर जोनबाट फियर जोनतर्फ अगाडि बढीरहेको छ। यसले लगानीकर्ताहरु इन्स्योरेन्सको शेयरमूल्य घट्छ भन्ने डर विस्तारै हराउन थालेको संकेत गर्दछ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।