सिद्धार्थ इन्स्योरेन्सले साढे ९ प्रतिशत नगद लाभांश वितरण गर्ने

Nov 16, 2022 10:57 AM Merolagani

सिद्धार्थ इन्स्योरेन्स लिमिटेड (SIL) ले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ९.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक २९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) सँग मर्जरपश्चात एकिकृत कारोबार भएपछि सिद्धार्थ इन्स्योरेन्सका शेयरधनीहरुलाई वितरण गरिनेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।