लुम्बिनी विकास बैंकको लाभांश प्रस्ताव, बोनस कति?

Nov 22, 2022 11:00 AM Merolagani

लुम्बिनी विकास बैंक (LBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम ३ अर्ब २८ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजीको ३ प्रतिशत अर्थात ९ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस शेयर र ९ प्रतिशत अर्थात ३९ करोड ४१ लाख रुपैयाँ (कर सहित) नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।