ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

Nov 23, 2022 08:48 AM Merolagani

मंसिर ७ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य २४४ रुपैयाँ ८ पैसा कायम भएको छ। नेप्सेले असार १ गतेको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। सो दिन बैंकको शेयर प्रतिकित्ता २५१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो।

बैंक अफ काठमाण्डूसँग मर्जर प्रक्रियामा रहेको यस बैंकको शेयर कारोबार असार २ गतेदेखि रोक्का रहेको छ।

बैंकले मंसिर २३ गते शुक्रबार १६ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै, सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र स्वीकृत गर्ने, मर्जर सम्बन्धी अन्य आवश्यक कार्य पुरा गरी अन्तिम स्वीकृती प्रदान गर्ने, १ बराबर १ को शेयर स्वाप रेशिया स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।