बोटलर्स नेपालका दुबै कम्पनीले तोक्यो बुकक्लोज मिति

Nov 23, 2022 09:45 AM Merolagani

बोटलर्स नेपालका दुबै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेका छन्। यी दुबै कम्पनीले पुस २० गते बुकक्लोज गर्ने भएका छन्।

मंसिर २ गते बसेको यी दुबै कम्पनीको सञ्चालक समितिको बैठकले सो दिन बुकक्लोज गर्ने निर्णय गरेको हो। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भए कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बोटलर्स नेपाल (तराई) (BNT) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ६० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ भने बोटलर्स नेपाल (बालाजु) (BNL) ले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।