एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 28, 2022 08:17 AM Merolagani

मंसिर १२ गते, सोमबार, एभरेष्ट बैंक लिमिटेड (EBL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १३ गते बुकक्लोज गर्ने भएको छ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले मंसिर २६ गते २८ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।