एनआईबीएल एस क्यापिटल र भारतको टाटा समूहसँगको सहकार्यमा संचालित एच मेडिकल एन्ड डायग्नोस्टिक्सबिच लगानी सम्झौता ”

Nov 28, 2022 11:38 AM Merolagani

एनआईबिएल एस क्यापिटल लिमिटेड(NIBLAceCapital) र एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेट लिमिटेड (HMDL) का बीच नेभेम्बर २४, २०२२ मा लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र एचएमडिएलका अध्यक्ष अभिषेक दुगडले हस्ताक्षर गरेका छन् ।

एनआईबिएल एस क्यापिटलले एचएमडिएलमा केही न्युनतम हिस्सेदारी पनि प्राप्त गर्नेछ । टाटा समूहसँगको सहकार्यमा, एचएमडिएलले फार्मास्युटिकल्स औषधि, एन्टिजेन्स डायग्नोस्टिक रिएजेन्टस् र अन्य उत्पादनहरु पनि उत्पादन गरी बिक्रि गर्ने लक्ष्य राखेको छ । कोभिड १९ काबीच सन् २०२१ म एचएमडिएलको स्थापना भएको थियो ।

एचएमडिएलले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स संगको सहकार्यमा मेडिकल लगायत निदानकारी उत्पादनहरूको विकास, उत्पादन र बजारीकरण गर्दछ । टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स भारतको सबैभन्दा ठूलो समूह, टाटा समूहको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । एचएमडीएलले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्सद्वारा निर्मित सुलभ पीसीआर किटहरू आयात गरेर चाँडै आफ्नो छुट्टै पहिचान समेत निर्माण गरेको थियो । एचएमडिएलले कोभिड पीसीआर किट र रिएजेन्टसको अत्याधिक बिक्री गर्नुका साथै उच्च पहिचान भएका ब्रान्डको पोर्टफोलियो निर्माण समेत गरेको छ । साथै नेपालका पहाडी तथा दुर्गम क्षेत्रहरुमा पनि मोबाइल भ्यानका माध्यमबाट निदान परिक्षण गर्ने व्यवस्था ल्याएको छ ।

टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स, भारतसँगको सहकार्यमा, नेपालभर सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ कम्पनीले नेपालमा नै डायग्नोस्टिक र रिएजेन्ट उपकरण उत्पादन गर्न पूर्ण विकसित उत्पादन इकाईहरू स्थापना र सञ्चालन गर्ने योजना बनाएको छ, साथै देशभर उच्च प्रविधियुक्त डायग्नोस्टिक सेन्टरहरू स्थापना गर्ने र विभिन्न उत्पादनहरूलाई बजारमा ल्याउने योजना समेत रहेकोे छ ।

एचएमडिएलले नेपालमा स्वास्थ्य सेवाको पहुँचलाई थप सुलभ बनाउँदैे सम्पूर्ण राष्ट्रलाई फाइदा पु¥याउने लक्ष्य समेत राखेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।