ट्वीटरले क्यारेक्टर लिमिट बढाउने

Nov 28, 2022 02:37 PM Merolagani

ट्वीटरले आफ्नो क्यारेक्टर लिमिट बढाएको छ । एलन मस्कले क्यारेक्टर लिमिटलाई बढाएर ४२० पुर्याउने भएका छन् । यसअघि ट्वीटरमा २८० वर्णसम्म लेख्न मात्र पाइन्थ्यो ।

एलन मस्कलाई एक ट्वीटर प्रयोगकर्ताले शब्द सीमा बढाउन दिएको सल्लाहमा मस्कले राम्रो उपाय भएको बताएका हुन् । ट्वीटर प्रयोगकर्ता @rawsalertsले ट्वीटर २.० ले क्यारेक्टरको लिमिट दिक्कलाग्दो २८० भन्दा ४२० बनाउनुपर्ने सल्लाह दिएका थिए । त्यसमा मस्कले "गुड आईडिया" भन्दै जवाफ दिए। सरुवातमा ट्वीटरमा मात्र १४० शब्द लेख्न सकिन्थ्यो ।

लंग फर्म टेक्स्ट फीचर लञ्च हुँदै

यसका साथै मस्कले ट्वीटरमा लंग फर्म टेक्स्ट फीचर लञ्च गर्ने पनि बताएका छन् । ट्वीटरमा अब लामा शब्दहरू जाेड्न मिल्ने फिचर ल्याउँदै गरेकाे जानकारी मस्ले दिएका थिए । साे फीचरमा नाेटप्याड स्क्रीनसट्सकाे प्रयाेगकाे अन्त्य हुने पनि उनले खुलाएका छन् । त्यस पशचात सबै प्रकारका कन्टेन्टकालागि क्रियटरहरूले माेनिटाइजेशन गर्न सक्नेछन् ।

ठ्रुलाे परिवर्तन गर्दै ट्वीटर

ट्वीटरका संचालक भइसकेपछि एलन मस्कले कम्पनीमा ठुलाे परिवर्तन गर्न लागेका छन् । उनले हालसम्म ५० प्रतिशत कर्मचारी कटाैती गरिसेका छन् । यसैगरी, ब्लू सब्सक्रिप्सन सेवा पनि सार्वजनिक गरिसकेका छन् । फेक अकाउण्टकाे संख्या बढेपछि उक्त सेवा हाल हेल्डमा रहेकाे छ । यस बाहेक अब केहि दिनमा मस्कले ट्वीटरम लामाे भिडियाे राख्न मिल्ने जस्ता अन्य सेवा सार्वजनिक गर्ने पनि घाेषणा गरेका छन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।