नेशनल लाईफ दुई दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

Nov 28, 2022 04:55 PM Merolagani

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी(NLICL)ले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बीमा सचेतना प्रवर्धनमा जीवन बीमा कम्पनीहरुले पनि योगदान पु¥याउनु पर्ने नेपाल बीमा प्राधिकरणको नीति अनुरुप आयोजना गरिएको यी कार्यक्रमहरुमा कम्पनीले मंसिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिका स्थित जिल्ला अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न ग¥यो ।

कम्पनीका अभिकर्ताहरु र स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने अभिकर्ता तथा स्थानियलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।

यसै गरी कम्पनीले सचेतना कार्यक्रमलाई निरन्तरता दिदै मंसिर ११ गते बझाङको चैनपुरमा रहेको सत्यवादी मा.वि. र बझाङको झोता स्थित भैरव मा.वि.का शिक्षक तथा विद्यार्थीहरुलाई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी बीमा सचेतना सम्बन्धमा जानकारी गराइएको थियो । जस अन्तर्गत कम्पनीका मार्केटिङ्ग विभाग प्रमुख विवेक शर्माले बीमाको महत्व र आवश्यकताको वारेमा प्रकाश पारेका थिए भने प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नेपाल बीमा बजारको अवस्था र सम्भावनाका साथै बीमा ऐन २०७९ मा उल्लेखीत आधारभुत विषयहरुको वारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । साथै उक्त कार्यक्रममा करिब १०० जना शिक्षकहरुको १ लाख रूपैयाँको म्यादि जीवन बीमा गरि प्रमुख कार्यकारी अधिकृतले बीमालेख हस्तान्तरण गरेका थिए । यसै गरी भैरव मा.वि. मा सम्पन्न गरिएको कार्यक्रममा मृगौला पिडित उजाला कुमारी दमाईलाई सीआरएस अन्तर्गत आर्थिक सहयोग स्वरुप २५ हजार रूपैयाँ पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा दुबै विद्यालयका करिब ४५० जना शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो भने सहभागि विद्यार्थीहरुलाई कम्पनीको टि-शर्ट पनि वितरण गरिएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।