यस दिन नेप्सेले बैंकको १३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ४७७ रुपैयाँ ७९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंसिर १२ गते, बैंकको शेयर प्रतिकित्ता ५३९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।
बैंकले मंसिर २६ गते २८ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।