नेको र राष्ट्रिय बीमा कम्पनीले दैनिक एक सय जनाका दरले कोरोना बीमाको दाबी भुक्तानी दिने

Nov 29, 2022 01:09 PM Merolagani

नेको इन्स्योरेन्स लिमिटेड (NIL) र राष्ट्रिय बीमा कम्पनीले दैनिक एक सय जनालाई कोरोना बीमाको दाबी भुक्तानी गर्ने जनाएका छन् । पिसिआर पोजिटिभ भई दाबी गर्ने एक र पारिवारिक बीमालेख खरिद गरेका बीमितहरुलाई पहिलो चरणमा दाबी भुक्तानी गर्न थालेका हुन् ।

नेको इन्स्योरेन्सले दाबी भुक्तानीका लागि दाबी गरेका बीमितहरुले काठमाडौं उपत्यकाकाको हकमा कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वर, काठमाडौंबाट भुक्तानी लिन सकिने जनाएको छ ।

यस्तै, उपत्यका बाहिरको हकमा भने आफुले बीमा गरेको कम्पनीको सम्बन्धीत शाखाहरुमा आफ्नो आधिकारीक परिचयपत्र सहित भुक्तानीको लागि सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीले मंसिर १३ गतेदेखि पुस १ गतेसम्ममा कूल १५ सय ५ जना बीमितलाई कोरोना बीमाको भुक्तानी गर्ने जनाएको छ । कम्पनीले मंसिर १३ गतेदेखि २९ गतेसम्म दैनिक एक सय जनाको दरले र पुस १ गते १०५ जनाको दरले कोरोना बीमाको दाबी भुक्तानी गर्नेछ ।

राष्ट्रिय बीमा कम्पनीले एक हजार ७५९ जनालाई भुक्तानी दिने

राष्ट्रिय बीमा कम्पनी (RBCL) ले मंगलबार देखि कोरोना बीमाको दाबी भुक्तानी दिन थालेको छ । बीमा प्राधिकरण अध्यक्षकाे रोहवरमा सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुसँग भएको बैठकको निर्णय अनुसार भुक्तानी थालिएको हो ।

कम्पनीले मंगलबारदेखि कोरोना बीमाको सर्वसाधरण तर्फ (ब्यक्तिगत) दाबी भुक्तानी संलग्न सुचि अनुसार दैनिक अधिकतम १०० जनालाई भुक्तानी हुने जनाएको छ ।

साथै १२७० लटसम्मका चेक बनिसकेको तर नलगेकाहरुले पनि यथाशिघ्र चेक बुझिलिन पनि कम्पनीले आग्रह गरेको छ ।

कम्पनीले दाबी भुक्तानीको लागि प्राथमिकताको आधारमा एक हजार ७५९ जना बीमितको सूची बनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।