कोरोना बीमाको व्यक्तिगत पोलिसी मध्ये ७२ प्रतिशत दाबी भुक्तानी हुँदै, पहिलो चरणमा कसले पाउने?

Nov 29, 2022 03:22 PM Merolagani

आज मंगलबारदेखि निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी गर्ने थालेका छन् । गत मंसिर ६ गते बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको रोबरमा कम्पनीहरुसँग बसेको बैठकको निर्णय अनुसार आजदेखि कम्पनीहरुले दाबी भुक्तानी गर्ने थालेका हुन् ।

बीमा कम्पनीहरुले कोरोना बीमा दाबी भुक्तानी मोडालिटी अनुसार पहिलो चरणमा व्यक्ति तथा परिवारलाई पहिलो प्राथमिकता दिइएको छ । प्राधिकरणले पनि पिसिआर परीक्षणको रिपोर्टको आधारमा व्यक्ति तथा परिवारलाई भुक्तानी गर्न निर्देशन दिएको छ ।

व्यक्ति तथा परिवारको बीमा गरेका २५ हजार ८४ वटा दाबी रहेको नेपाल बीमक संघले जनाएको छ । त्यस मध्येपछि पहिलो चरणमा १८ हजार ६० वटाको मात्रै दाबी भुक्तानी हुनेछ । यो व्यक्ति तथा परिवार बीमाको कुल दाबीको ७२ प्रतिशत हुन आउँछ ।

निर्जीवन बीमा कम्पनीहरुले पहिलोचरणमा १८ हजार ८४ वटा दाबी वापत १ अर्ब ८१ करोड ८१ लाख रुपैयाँ भुक्तानी गर्नेछ ।

बीमक संघको तथ्यांक अनुसार सबै भन्दा धेरै शिखर इन्स्योरेन्सले ३ हजार ६१४ वटाको दाबी भुक्तानी गर्नेछ ।

त्यसपछि राष्ट्रिय बीमा कम्पनीले १ हजार ८६३ वटा, नेको इन्स्योरेन्सले एक हजार ६६५ वटा, सगरमाथा इन्स्योरेन्सले १ हजार ५४२ वटा, अजोड इन्स्योरेन्स १ हजार ३५५ वटा र हिमालयन जनरल इन्स्योरेन्सले १ हजार २५९ वटा बीमालेखको दाबी भुक्तानी हुनेछ ।

बीमक संघले नेपाल पूनर्बीमा कम्पनीबाट भने हालसम्म रकम प्राप्त नभएको जनाएको छ । नेपाल पुनर्बीमा कम्पनीबाट रकम प्राप्त भए पश्चात रकम पूनः बाँडफाँड गर्ने गरी संलग्न बमोजिमको चेक बुझिलिई कम्पनीले थप गर्नुपर्ने २ करोड २७ लाख २७ हजार २७२ रुपैयाँ रकम थपि दावी भुक्तानी प्रकृया शुरु गर्न निर्जीवन बीमा कम्पनीलाई आग्रह गरेको थियो ।

बीमक संघमा भएको थप निर्णयको आधारमा रकम बाँडफाँड गर्दा केहि कम्पनीहरुले थप गर्नु पर्ने रकम नै अत्याधिक भएकोले सो रकमबाट नै दावी भूक्तानी गर्न समेत संघले आग्रह गरेको छ ।

पहिलाे चरणकाे दाबी भुक्तानी सकिएपछि मात्रै दोस्रो चरणमा राष्ट्र सेवक कर्मचारी र संघ संस्थाले बीमाशुल्क तिरेर कोरोना बीमा गर्नेहरुले दाबी भुक्तानी पाउनेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।