नेशनल लाइफको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

Nov 29, 2022 03:17 PM Merolagani

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी(NLICL)ले सुदुर पश्चिम प्रदेशको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भइ बीमा ब्यबसाय गर्दै आएका अभिकर्ताहरुलाई अभिकर्ता पेशामा ब्यवसायिक बनाउँदै उनीहरुको जिवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको ब्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताउनुका साथै प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा ऎन २०७९ का आधारभुत विषयवस्तुको बारेमा पनि संक्षिप्त रुपमा प्रकश पारेका थिए ।

कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा उत्कृष्ट ब्यबसाय गरि अछाम शाखाबाट चेयरपर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान पत्रबाट सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले कम्पनीले तयार गरेको बार्षिक तथा मासिक स्किमहरुको बारेमा जानकारी गराएका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।