उनले मंगलबार समाजिक सञ्जालबाट ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको बताएका हुन । मंगलबार ओलीले सुकुम्बासीलाई बल प्रयोग गर्नु गलत रहेको बताएका थिए ।
सामाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै बालेनले २०४७ साल यता १४ वटा भूमि आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न नसकेको बताएका छन ।
बालेनले लेखेका छन् ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे’
बालेनले सकुम्बासीहरुलाई ओलीले गुठी आन्दोलन जस्ता आफ्ना स्वार्थ विपरितका कुराहरूमा प्रयोग गरेको आरोप समेत लगाएका छन् । बालेनले परिस्थिति फेरिएको बताउँदै सकेको सहयोग गर्न तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न सुझाव दिएका छन् ।
चुप लागेर खोलाको किरानामा बसेको जनतालाई ठीक लगाएर कुन बहादुरी पाइन्छ भन्दै प्रश्न गरेका थिए ।