विश्वकप २०२२ः समूह सी र डी बाट कुन कुन राष्ट्र पुगे अन्तिम १६ मा?

Dec 01, 2022 05:18 AM Merolagani

फिफा विश्वकप २०२२ को समूहचरणका अन्तिम खेलहरु जारी छ। अन्तिम खेल सकिएसँगै राष्ट्रहरुले जोडेका अंकका आधारमा उनीहरु अर्को चरण अर्थात अन्तिम १६ मा प्रवेश गर्दछन्।

सोही क्रममा समूह सी र डी मा रहेका राष्ट्रहरुको समूहचरणको अन्तिम खेल सकिएको छ। बुधबार राती ८ः४५ मा भएको समूह डी को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० गोलले हराएको छ भने फ्रान्स ट्युनेसियासँग ०–१ गोलले पराजित भएको छ। यस समूहबाट फ्रान्स र अष्ट्रेलिया अन्तिम १६ मा प्रवेश गरेका छन्। यी दुबै राष्ट्रहरुले दुई खेल जितेर ६ अंक जोडेका छन्। यद्यपि, गोलअन्तरका आधारमा फ्रान्स समूहको शीर्ष स्थानमा छ भने अष्ट्रेलियो दोस्रो स्थानमा छ।

बिहीबार बिहान १२ः४५ मा भएको खेलमा भने अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोलले पराजित गरेको छ भने मेक्सिकोले साउदी अरब माथि २–१ को जीत हासिल गरेको छ। यस समूहबाट अर्जेन्टिना र पोल्याण्ड अन्तिम १८ मा पुगेका छन्।

पहिलो खेलमा साउदीसँग हारेपनि बाँकी २ खेल जितेको अर्जेन्टिना ६ अंकसहित समूहको विजेता भई अर्को चरणमा प्रवेश गरेको हो। यस समूहमा पोल्याण्ड र मेक्सिको दुबै राष्ट्रको ४–४ अंक छ। यद्यपि गोल अन्तरका आधारमा पोल्याण्डले उपविजेता भइ अन्तिम १६ मा आफ्नो स्थान बनाएको हो।

अन्तिम १६ को खेल

अन्तिम १६ मा समूह सीको विजेताले समूह डीको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ भने समूह डी को विजेताले समूह सी को उपविजेता विरुद्ध खेल्नेछ। यस अनुसार अन्तिम १६ मा अष्ट्रेलिया र अर्जेन्टिना बीच खेल हुनेछ भने पोल्याण्डले फ्रान्सको सामना गर्नेछ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।