सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा, बोनश कति ?

Dec 01, 2022 10:31 AM Merolagani

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड(CCBL)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित उक्त लाभांश मध्ये ४.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।

मंसिर १४ गते बेलुका सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात बैंकका सम्बन्धित शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।