चालु पूँजी कर्जाको व्यवस्था आवश्यकता अनुसार संशोधन हुन्छः गभर्नर अधिकारी

Dec 01, 2022 12:12 PM Merolagani

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पूँजी कर्जाको व्यवस्था आवश्यकता अनुसार संशोधन हुने बताएका छन्। उनले बिहीबार काठमाडाै‌ंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

चालु पूँजी कर्जाको नयाँ व्यवस्थामा व्यवसायीहरुले आपत्ति जनाउदै आएका छन्। उनीहरुले उक्त व्यावस्थामा संशोधन गर्नुपर्ने माग केन्द्रिय बैंकलाई गर्दै आएका छन्। सोहि सन्दर्भमा गभर्नर अधिकारीले आवश्यकता अनुसार व्यवस्था संशोधन गरिने बताएका हुन्।

गभर्नर अधिकधारीले कर्जा जुन उद्देश्यले लिएको हो त्यसैको लागि प्रयोग गर्नुपर्ने बताएका छन्। कर्जाको दुरुपयोग भएको भन्दै केहि समय अघि मात्रै केन्द्रिय बैंकले चालु पूँजी कर्जामा कडाई गरेको छ। तर व्यवसायीहरु भने अहिलेको अवस्थामा चालु पूँजी कर्जामा कडाई गर्न नहुने बताइरहेका छन्।

अधिकारीले चालु पूँजी कर्जाको नयाँ व्यवस्थाले के के समस्या छन् भनेर व्यवसायीसँग सुझाव समेत मागेको र त्यही अनुसार संशोधन हुने बताएका छन्।

"कर्जा उद्देश्य अनुसार प्रयोग गर्नुपर्छ । चालु पूँजी कर्जा निर्देशिकामा के के समस्या छन भनेर मागेको छु। आवश्यकता अनुसार संशोधन हुन्छ," उनले भने

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।