अर्थतन्त्र संकटमा छैनः अर्थमन्त्री

Dec 01, 2022 03:28 PM Merolagani

अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै नेपालको अर्थतन्त्र संकटमा छ भन्ने गरेको बताएका हुन् ।

उनले मुलुकको अर्थतन्त्रमा संकट छ भन्नुभन्दा पहिला अर्थतन्त्रको परिभाषा, देशको वस्तुस्थितिमा ध्यान दिएर बोल्न अर्थशास्त्री, व्यवासायी र राजनीति व्यक्तिहरुलाई आग्रह गरे । उनले निजी क्षेत्र र अर्थशास्त्रीलाई देशको अर्थतन्त्र कसरी संकटमा परको छ ? भन्दै प्रश्न समेत गरे ।

अर्थमन्त्री शर्माले अर्थतन्त्र संकटमा नभएको भन्दै अर्थतन्त्रका चुनौतिका विषयमा छलफल गर्न आवश्यक रहेको बताए । उनले सरकारको काम गर्ने क्षमता नबढ्नु संकट भएको भन्दै सरकारको क्षमता बढाउन आवश्यक रहेको बताए ।

उनले नेपालको अर्थतन्त्र एकै पटक तल जाने र एकैपटक माथि जाने खालको नभएको दाबी गरे । मन्त्री शर्माले नेपालको अर्थतन्त्रका सूचकहरु क्रमिक रुपमा सुधार हुँदै गएकाले अर्थतन्त्र सुधारको बाटोमा रहेको बताए । उनले खुला सीमानाका करण राजश्व घटेको भन्दै खुला नाका व्यवस्थित बनाउनुपर्ने बताए । उनले खुला नाका व्यवस्थित बनाउने विषयमा निर्वाचनका कारण सरकारले ध्यान दिन नसकेको बताए ।

उनले दूरी कम गर्ने गरी भौतिक पूर्वाधारमा लगानी बढाउन आवश्यक रहेको बताए । अर्थमन्त्री शर्माले पूर्वाधारमा लगानी बढाउनसक्दा जुम्लाबाट १२ घण्टा र चितवनबाट १ घण्टामा काठमाडौं आउनसक्ने वातारण बन्ने भन्दै लगानीको वातावरण सहज बनाउन आवश्यक रहेको बताए ।

उनले लगानी साना आयात गर्ने वस्तुमा मात्रै नभएर आर्थिक विकासमा गुणात्मक छलाङ ल्याउने क्षेत्र पहिचान गर्नुपर्ने बताए । उनले हरेक नागरिकको क्षमता विकास गरी रोजगारी सिर्जना गर्नुपर्ने अवस्था रहेको बताए । मन्त्री शर्माले नेपालको अर्थतन्त्रको भविष्य उज्ज्वल रहेको भन्दै अब नेपालले क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताए । उनले युवालाई प्रविधि क्षेत्रमा रोजगार बढाउने र कृषि तथा पर्यटनमा रोजगारी बढाउने हो भने देश समृद्ध बन्ने बताए ।

मन्त्री शर्माले नयाँ निर्वाचनले दलहरुलाई आफ्नो विगतको कामको समीक्षा गर्ने अवसर दिएको पनि बताए ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।