अटो व्यवसाय थलापरेपछि सरकार विरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै अटो व्यवसायी

Dec 01, 2022 05:16 PM Merolagani

लामो समयदेखि सवारीसाधन आयात प्रतिवन्धले अटो व्यवसाय धरासायी हुने अवस्थामा पुगेपछि अटो व्यवसायीहरुले सरकार र राष्ट्र बैंक विरुद्ध आन्दोलन गर्ने भएका छन्।

नाडा अटो मोबाइल एसोसिएसनले आन्दोलनको कार्यक्रम घोषणा गर्न शुक्रबार पत्रकार सम्मेलन गर्दै छ । नाडा स्रोतका अनुसार शुक्रबार चरणबद्ध आन्दोलन गर्ने घोषणा गर्न लागिएको छ ।

आन्दोलनको कार्यक्रमा घोषणा गर्न शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ अडिटोरियम हलमा सरकार र राष्ट्र बैंककाे वर्तमान नीतिप्रति प्रतिक्रिया सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको छ ।

गत आठ महिनादेखि पेट्रोलबाट चल्ने निजी सवारीसाधन पूर्ण रुपमा आयात प्रतिबन्ध छ भने दुई पाँग्रेतर्फ १५० सीसी तलका मोटरसाइकल मात्रै आयात खुल्ला छ । राष्ट्र बैंकले आयात गर्न पाउने गाडीमा शतप्रतिशत मार्जिनको व्यवस्था कायमै राखेको छ।

अब पनि सवारीआयात नखुलाउने हो भने अटो व्यवसाय थला पर्ने भन्दै व्यवसायी सरकार विरुद्ध उभिएका हुन । व्यवासायीहरुले पटक पटक सरकारलाई सवारी आयात प्रतिबन्ध खुलाउन माग गर्दै आए पनि सरकारले व्यवसायीको मागलाई बेवास्ता गर्दै आएको छ ।

हाल सवारीसाधन आयात प्रतिबन्ध मंसिर मसान्तसम्म रहेपनि व्यवसायीले अझै आयात प्रतिबन्ध नखुल्ने सुचना पाएपछि व्यवसायी सडकमा आउन लागेका हुन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।