प्रिमियर र प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा, आइतबारदेखि किनबेच गर्न सकिने

Dec 01, 2022 05:58 PM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रिमियर इन्स्योरेन्स (PIC) र प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आइतबारदेखि कारोबारमा आउने गरी मंसिर १५ गते बसेको बैठकले कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर प्रकृया रहेका दुबै कम्पनीले शेयर कारोबार फुकुवा गर्न अनुरोध गरेका थिए ।

प्रभु इन्स्योरेन्स शेयर कारोबार फुकुवा गर्न मंसिर ११ गते र प्रिमियर इन्स्योरेन्सले मंसिर १२ गते नेप्सेमा आवेदन दिएका थिए ।

सोहि निवेदन अनुसार नेप्सेले दुबै कम्पनीको आधारभूत शेयरधनी बाहेकका शेयरधनीहरुको शेयर कारोबार फुकुवा गरेको हो ।

प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबीच मर्जर प्रकृयामा रहेका छन् । सिद्धार्थ इन्स्योरेन्सको यस अघिनै शेयर कारोबार खुलिसकेको छ ।

यस्तै प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच पनि मर्जर सम्बन्धी सम्झौता भएको थियो । प्रभु इन्स्योरेन्स शेयर कारोबार फुकुवा भएपछि अजोडको भने भएको छैन् । नेप्सेले आइतबार अजोड इन्स्योरेन्सको पनि कारोबार फुकुवा गर्ने तयारी भएको जनाएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।