रेमिट आइपिओमा दुई दिनमै माग भन्दा बढी आवेदन, स्थानीयको पनि आकर्षण उस्तै, ९ हजार ९ सय ९० कित्तासम्मको आवेदन

Dec 01, 2022 05:41 PM merolagani

कालिन्चोक दर्शन लिमिटेडले बुधवारबाट निष्कासन गरेको रेमिट आइपिओमा दोस्रो दिन नै माग भन्दा बढी आवेदन परेको छ।

केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि)का अनुसार दोस्रो दिन नै एक लाख १७ हजार ७० कित्ताको लागि आवेदन परेको छ। २४८ आवेदकले एक करोड १७ लाख सात हजार रुपैयाँ बराबरको शेयर माग गरेका हुन्। जुन माग भन्दा बढी हो। कम्पनीले एक लाख आठ हजार कित्ताको लागि आवेदन खोलेको थियो।

आवेदन दिने धेरै जसोले कम्तीमा पनि ५०० कित्ताको लागि आवेदन दिएका छन्। आवेदन दिँदा ६ महिना भित्र खातामा ५० हजार रुपैयाँ रेमिटेन्स पठाएको हुनु पर्ने प्रावधान छ। सोही प्रावधानका कारण श्रमिकले ५० हजार रुपैयाँकै आवेदन बढी गरेका अनुमान सीडिएससिको छ। तर केहीले भने कम आवेदन पर्ने आँकलन गर्दै हजारौँ कित्ताको माग गरेको सिडिएससिको भनाई छ। रेमिट आइपिओमा एउटै व्यक्तिले सबैभन्दा बढी नौ लाख ९९ हजार रुपैयाँ बराबरको नौ हजार नौ सय ९० कित्ता शेयर माग गरेका छन्। कम्पनीले निष्कासन गरेको शेयरमा एक व्यक्तिले १० हजार ८०० कित्तासम्म आवेदन दिन सक्छन्।

सीडिएससिका अनुसार बुधवारसम्म जम्मा ३८० जना मात्रै आवेदनकोलागि योग्य ठहरिएका छन्। रेमिटेन्स खाता मार्फत छुट्टै सिआरएन नम्बर लिँदै उनीहरू आवेदनको लागि योग्य ठहरिएका हुन्।

उता स्थानीयको पनि शेयरमा उत्तिकै आकर्षण देखिएको छ। बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका अनुसार बिहीबार बेलुकी साढे चार बजेसम्म ११ लाख दुई हजार रुपैयाँ बराबरको ११ हजार २० कित्ताकोलागि आवेदन परेको छ। १७५ आवेदकले उक्त रम बराबरको आवेदन गरेका हुन्।

स्थानीयको शेयरमा भौतिक रुपमा आवेदन दिने भन्दा बढी अनलाइनबाट आवेदन दिने बढी छन्। १७५ आवेदक मध्ये चार आवेदकले भौतिक रुपमा सङ्कलन केन्द्र नै पुगेर आवेदन गरेका हुन्। उनीहरू चारै आवेदकले १०/१० कित्ताकोलागि चार हजार रुपैयाँ बराबरको शेयर माग गरेको बिक्री प्रबन्धकले जनाएको छ। क्यापिटलले स्थानीयको लागि समेत अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ। 

कम्पनीले मंसिर १४ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले आवेदन खुलेको १५ दिनसम्म आवेदन गर्ने म्याद  राखेको छ। स्थानीयको लागि भने १५ दिनमा सबै शेयर बिक्री नभए थप १५ दिन म्याद बढाइने छ।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत हुन आउने एक करोड २० लाख रुपैयाँ बराबरको एक लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुकालागि निष्कासन गरेको छ। त्यसैगरी,कम्पनीले जारी पूँजीको १८ प्रतिशत हुन आउने १० करोड ६० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणकोलागि निष्कासन गर्दै छ। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।