लयमा फर्कदै पर्यटन, नोभेम्बरसम्म साढे ५ लाख पर्यटकले गरे नेपाल भ्रमण

Dec 01, 2022 06:01 PM MeroLagani

सन् २०२२ को नोभेम्बर महिनासम्ममा नेपालमा साढे ५ लाख पर्यटक भित्रिएका छन् । कोभिड संक्रमण न्यून हुँदै गएपछि र नेपालसँग विदेशी एयरलाइन्स कनेक्टिभिटी बढेसँगै नेपालमा पर्यटकको आगमन विस्तारै बढ्दै गएको हो ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२२ को जनवरीदेखि नोभेम्बरसम्म कुल ५ लाख ४६ हजार २ सय १६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२० र २०२१ मा नेपालमा पर्यटकको आगमन एकदमै नगन्य रहेको थियो । सन् २०२० भरि १९ सय ५६ जना र सन् २०२१ मा २६ हजार १ सय ३५ जनाले मात्रै नेपाल भ्रमण गरेको थियो ।

बोर्डको तथ्यांक अनुसार जनवरीमा १६ हजार ९७५ जना, फेबु्रअरीमा १९ हजार ७६६ जना, मार्चमा ४२ हजार ६ जना, अप्रिलमा ६१ हजार ५८९ जना, मेमा ५३ हजार ६०८ जना आएका छन् । तुलनात्मक रुपमा अफ सिजन मानिने जुन, जुलाई र अगस्ट महिनामा भने क्रमशः ४६ हजार ९५७ जना, ४४ हजार ४६२ जना र ४१ हजार ३०४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । सेप्टेम्बर र अक्टोबरमा दशैंको रौनक र मौसम सफा भएर उत्तरको हिमालयन रेन्ज पनि प्रष्ट देखिने सिजन भए पनि सेप्टेम्बरमा यस वर्ष वर्षात निरन्तर नै रहेका कारण ५८ हजार ३१४ जना मात्रै पर्यटक नेपाल भित्रिए । अक्टोबरमा भने अहिलेसम्मकै सबैभन्दा बढी ८८ हजार ५ सय ८२ जना पर्यटक नेपाल भिभित्रएका छन् । नोभेम्बरमा नेपालमा ७२ हजार ६ सय ५३ जना पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ काे नाेभेम्बरमा भने १ लाख ३० हजार ३९२ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नोभेम्बरमा कुन देशका कति पर्यटक ?
नेपालको पर्यटनमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई पिक सिजन मानिन्छ । तापक्रम पनि धेरै चिसो नभइसक्ने तर हिमाल दृष्यावलोकनको लागि पनि उत्तम समय हुँदा धेरै नेपाल आउने पर्यटकले यही समयलाई रोज्ने गरेका छन् । सन् २०२२ मा पनि सेप्टेम्बर, अक्टोबर नोभेम्बर महिना नै अन्य महिनाको तुलनामा बढी पर्यटक नेपाल भित्रिए । नोभेम्बरमा भित्रिएका साढे ७२ हजार पर्यटकमध्ये सबैभद्या बढी दक्षिण एसियाबाट ३३.८६ प्रतिशत पर्यटक भित्रिएका छन् । दक्षिण एसियाबाट २४ हजार ५ सय ९९ पर्यटक भित्रिएकोमा भारतबाट मात्रै २० हजार ५ सय ३२ पर्यटक भित्रिएको छ जुन कुल पर्यटक संख्याको २८.२६ प्रतिशत हो । दक्षिण एसिया भारतपछि धेरै पर्यटक भित्रिने देशमा बंगलादेश पर्दछ ।

दक्षिण एसियापछि दोस्रो सबैभन्दा बढी पर्यटक युरोपबाट भित्रिएका छन् । युरोपेली राष्ट्रहरुबाट नोभेम्बरमा १७ हजार २ सय २९ जना पर्यटक नेपाल भित्रिएका छनु जुन कुल पर्यटकको २३.७१ प्रतिशत हुन आउँछ । युरोपेली राष्ट्रमध्ये धेरै पर्यटक आउने देश बेलायत हो । बेलायतबाट नोभेम्बरमा ५ हजार १ सय ६५ जना पर्यटकले नेपाल भ्रमण गरे । फ्रान्सबाट २५ सय ६१ र जर्मनीबाट २२ सय ९२ जना पर्यटकले नेपाल भ्रमण गरेको बोर्डको तथ्यांकमा छ ।

देशगत रुपमा हेर्दा भारतपछि सबैभन्दा बढी पर्यटक भित्रिने देशमा अमेरिका रहेको छ । नोभेम्बरमा संयुक्त राज्य अमेरिकाबाट ७ हजार ८ सय ३१ जना पर्यटकले नेपाल भ्रमण गरे ।

दक्षिण एसियाबाहेकका अन्य एसियाली राष्ट्रमध्ये थाइल्यान्डबाट नोभेम्बरमा २४ सय ४१ जना पर्यटकले नेपालको भ्रमण गरे । चीनले अहिलेसम्म आफ्ना नागरिकलाई विदेश भ्रमण जान खुला नगरेको र जापानले हालै मात्र खुला गरे पनि उल्लेख पर्यटक नेपाल भित्रिन पाएको छैन ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।