जापानसँग पराजित स्पेन, समूहचरणबाटै बाहिरियो चारपटक वर्ल्डकप विजेता जर्मनी

Dec 02, 2022 05:49 AM Merolagani

कतारमा जारी फिफा विश्वकपमा एशियाली राष्ट्र जापानले स्पेनलाई पराजित गर्दै प्रि क्वाटर फाइनलमा प्रवेश गरेको छ। शुक्रबार बिहान १२ः४५ मा भएको खेलमा जापानले स्पेनलाई २–१ गोलले पराजित गरेको हो।

जीतसँगै जापानले ६ अंक जोड्दै समूहको विजेता बनेको छ। त्यसैगरी, जापानसँग पराजित भएको स्पेन ४ अंक सहित उपविजेता भएको छ। समूह ई बाट यी दुई राष्ट्र प्रि क्वाटर फाइनलमा प्रवेश गरेका हुन्।

यसै समूहमा रहेको जर्मनीको पनि ४ अंक नै छ। शुक्रबार बिहान भएको खेलमा कास्टारिकालाई हराउँदै जर्मनीले सो अंक जोडेको हो। जर्मनीले कोस्टारिकालाई ४–२ गोलले पराजित गरेको हो।

स्पेनसँग बराबर अंक भएपनि जर्मनी समूहचरणबाट बाहिरिएको छ। यी दुई बीचको गोलअन्तरका कारण स्पेनले अर्को चरणमा प्रवेश पाएको हो भने जर्मनी बाहिरिएको हो। पहिलो खेलमा कोस्टारिकालाई ७ गोलले पराजित गरेको स्पेनको गोलअन्तर ६ छ भने जर्मनीको १ मात्र छ।

समूह एफ बाट भने मोरोक्को र क्रोएशिया अन्तिम १६ मा पुगेका छन्। बिहीबार राति ८ः४५ मा भएको खेलमा मोरोक्कोले क्यानडालाई हराएको थियो भने बेल्जियम र क्रोएशियाले बराबरी खेलेका थिए। क्यानडामाथि २–१ को जीतसँग मोरोक्कोले ७ अंक जोड्दै समूहको विजेता बनेको छ। बेल्जियमसँग गोलरहित बराबरी खेलेको क्रोएशिया भने ५ अंक सहित उपविजेता बनेको छ।

प्रि क्वाटर फाइनल खेल

एक समूहको विजेता र अर्को समूहको उपविजेता बीच हुने प्रि क्वाटर फाइनल खेलमा समूह ई को विजेता जापानले समूह एफ को उपविजेता क्रोएशियाको सामना गर्नेछ। त्यसैगरी, समूह एफको विजेता मोरोक्कोले समूह ई को उपविजेता स्पेनको सामना गर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।