चार दिनपछि सस्तियो सुनको मूल्य

Jan 17, 2023 11:04 AM Merolagani

विगत ४ कारोबार दिनदेखि निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १०० रुपैयाँ घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस दिन तेजाबी सुनको मूल्य भने १ लाख ४ हजार ६०० रुपैयाँ रहेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो दिन १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन प्रतितोला १० रुपैयाँ घटेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।