सुन र चाँदी दुबैको मूल्य घट्याे

Jan 18, 2023 11:01 AM Merolagani

नेपाली बजारमा सुन र चाँदी निरन्तर दोस्रो दिन सस्तिएको छ। रेकर्ड स्तरको मूल्य पछ्याइरहेको सुन, मंगलबारदेखि सस्तिन थालेको हो।

मंगलबार १०० रुपैयाँ घटेर १ लाख ५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन प्रतितोला ६०० रुपैयाँ घटेर १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सुनसँगै यस दिन चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदी प्रतितोला १५ रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।