करिब साढे ३ अर्ब रुपैयाँ नाफा कमाएको नबिल बैंकको ईपीएस कति?

Jan 21, 2023 05:40 AM Merolagani

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ३ अर्ब खुद नाफा कमाएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड १३ लाख रुपैयाँ रहेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५६.९१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ५६.०६ प्रतिशत बढेको छ। खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण सञ्चालन मुनाफा र खुद नाफा वृद्धिमा केही दबाब पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६७ पैसा बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २८.१९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी १८.५० भने जगेडा कोष ११.०४ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको निक्षेप ६.५१ प्रतिशत बढेको छ भने कर्जा १७.१३ प्रतिशत बढेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।