सुनको मूल्य घट्यो, चाँदीको भने स्थिर

Jan 31, 2023 11:00 AM Merolagani

माघ १७ गते, मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन ५०० रुपैयाँ घटेर १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

यस दिन तेजाबी सुन भने १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै, नेपाली बजारमा पनि मूल्य घटेको हो।

सुनको मूल्य घटेपनि यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ। यस दिन चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।