गाैतम अडानी शिर्ष १० धनाढ्यकाे सूचीबाट बाहिरिए, तीन दिनमा ३४ अर्ब डलर घाटा

Jan 31, 2023 04:45 PM Merolagani

हिडनबर्गको रिपोर्टको खुलासा भएपछि एशियाका सर्वाधिक धनी व्यक्ति गौतम अडानीले ठुलो घाटा बेहोर्नुपरेको छ । तीन दिनमा नै उनको समुहका कम्पनीहरुलाई ३४ अर्ब डलर घाटा भइसकेको छ । यतिमात्र नभई ब्लूमबर्ग बिलनेयर्सकाे सूचकमा पनि गौतम अडानी शिर्ष १० धनाढ्यहरुको सूचीबाट बाहिरिएका छन् ।

अर्बपतिहरुको सूचीमा अडानी चाैथाे स्थानबाट झरेर ११ औं स्थानमा छन् । उनको समुहका कम्पनीहरुको शेयरमा निरन्तर गिरावट जारी रहेको छ । अब छिट्टै गौतम अडानीले एशियाका सबैभन्दा धनी व्यक्तिको उपाधि पनि गुमाउन सक्ने अनुमान गरिएकाे छ ।

अडानीको नेटवर्थ घटेर ८४.४ अर्ब डलरमा झर्यो

गौतम अडानीको नेटवर्थ घटेर ८४.४ अर्ब डलरमा झरेको छ । उनी हाल रिलायन्सका मालिक मुकेश अम्बानीभन्दा मात्र एक कदम अगाडि छन् । अम्बानीको कुल सम्पत्ति ८२.२ बिलियन डलर छ ।

ब्लूमबर्ग बिलनेयर्सकाे सूचकका अनुसार एक दिनमा नै अडानीले ८ बिलियन डलरकाे नाेक्सानी बेहाेरेका छन् । जनवरी २९ मा उनकाे नेटवर्थ ९२.७ बिलयन डलर थियाे जुन साेमबार घटेर ८४.४ बिलिन डलरमा झर्याे ।

यसैगरी, एक सातामा अडानीकाे नेटवर्थ ३५.६ बिलियन डलरले कम भएकाे छ । २०२२ काे नाेभेम्बर २० मा अडानीकाे नेटवर्थ १५० बिलियन डलर पुगेकाे थियाे । साे स्तरभन्दा अडानीकाे नेटवर्थ अहिले ६५.६ बिलियन डलरले तल रहेकाे छ । थर्मलकाेल उत्पादक र काेइला व्यापारी रहेकाे अडानी समुह भारतकै ठुलाे पाेर्ट अपरेटर हाे ।

हिडनबर्गको रिपोर्टमा के छ ?

जनवरी २५ मा हिडनबर्गले अदानी समुहको सम्बन्धमा ३२ हजार शब्दको एक रिपोर्ट सार्वजनिक गरेको थियाे । रिपोर्टको निष्कर्षमा ८८ प्रश्नहरु समावेश गरिएको थियो । उक्त प्रतिवेदनमा यस समुहले कैयौं दशकबाट शेयरको हेरफेर र खातामा धांधली गरेको लेखिएको छ । तीन वर्षमा शेयरको मूल्य बढ्दा अदानी समुहका संस्थापक गौतम अडानीको सम्पत्ति एक अर्ब डलरले बढेर १२० अर्ब डलर पुगेको छ । सोहि बिचमा यस समुहको ७ कम्पनीहरुको शेयर औषत ८१९ प्रतिशत बढेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।