लामो समयदेखि कर छुटको योजना माग गरिरहेका भारतीयलाई सितारमणले निराश पारिनन्। आठ वर्षपछि सितारमणले कर छुटको सीमा बढाउने घोषणा गरिन्। उक्त घोषणासँगै सदनमा उपस्थित सबैले तालीले स्वागत गरे। तालीको आवाज यति धेरै गुन्जियाे कि उनले केही समय भाषण नै रोक्नु पर्यो। सीतारमणले आउने दिनमा वार्षिक सात लाखसम्मको आयमा कुनै कर नलाग्ने घोषणा गरेकी छन्। करको स्लाब समेत ६ बाट घटाएर पाँचमा झारेकी छन्।
कर छुट,किसानकालागि राहत र मध्यम बर्गीय परिवारको लागि आएका केही महत्त्वपूर्ण योजनाहरूले यस पटकको बजेट गरिव र मध्यमबर्गीय केन्द्रित हुन गएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
सितारमणले भारतीय रेल्बेको लागि २.४० लाख करोडको बजेट छुट्टाइन्। ज्येष्ठ नागरिकले बचत खातामा राखिने रकमको सीमा ४.५ लाख बाट बढाएर ९ लाख पुर्याइन ।ो छन्। महिला बचत पत्र योजना सुरु गर्ने घोषणाले महिनामा उत्साह थपेको छ। उक्त योजनामा दुई लाख सम्मको बचतमा ७.५ प्रतिशत व्याज दिने बताइएको छ। पिएम योजनालाई ६६ प्रतिशतबाट बढाएर ७९ प्रतिशतमा पुर्याइएको छ। अब उक्त सेक्टरको आकार बढेर ७९ करोडको हुने भएको छ। १५७ नयाँ नर्सिङ क्याम्पस खोलिने छ। ५० नयाँ एयरपोर्ट बनाउने घोषणा सीतारमणले गरिन्।
बित्त मन्त्री सीतारमणले भारतको अर्थव्यवस्था सही दिशामा रहेको तथा उज्ज्वल भविष्य तर्फ लम्किरहेको बताएकी छन्। उनले गरिब कल्याण अन्न योजनालाई थप एक वर्ष बढाइने जानकारी दिइन। उक्त योजनामार्फत गरिबलाई निःशुल्क खाद्यान्न उपलब्ध गराइँदै आइएको छ। बालबालिकाको लागि डिजिटल पुस्तकालयसँगै ७४० एकलव्य स्कुलको लागि ३८ हजार ८०० शिक्षक नियुक्त गर्ने सम्मको घोषणा सीतारमणले गरिन्।