ब्लूमबर्गको बिलनेयर्स सूचकका अनुसार गौतम अडानी धनाढ्याहरुको शिर्ष २० को सूचीबाट समेत बाहिरिएर अहिले उनी २२औं स्थानमा छन् ।
गौतम अडानीलाई एक दिनमा नै करिब १० अर्ब डलरकाे घाटा भएको छ । यस्तै, अर्कोतर्फ फेसबुकका संस्थापक जुकरबर्गको सम्पत्तिमा १२.५ अर्ब डलरले वृद्धि भएको छ । उनी विश्वका धनी व्यक्तिहरुको १३ औं स्थानमा पुगेका छन् ।
अडानीको नेटवर्थ ५८ अर्ब डलरले घट्यो
सेप्टेम्बरमा अडानीको नेटवर्थ १५५.७ अर्ब डलर थियो । सोमबार गिरावट भएर ९२.७ अर्ब डलरमा झर्यो । डिसेम्बरसम्म विश्वकै धनाढ्य भनेर परिचित अडानी मात्र यस्ता धनाढ्य थिए जसको सम्पत्तिमा सो वर्ष उछाल आएको थियो । अडानी हालसम्म विश्वका अर्बपतिहरुको सूचीमा २२ स्थानमा छन् ।
अडानी समहुका कम्पनीकाे शेयरमा भारी गिरावट भएकाे छ । अमेरिकी स्टक एक्सचेन्ज डाउ जाेन्सकाे सस्टेनिबिलिटी सूचकबाट अडानी इनटरप्राइजेजलाई निकालिएकाे छ । साे समयमा यी कम्पनीहरूमा ३५ प्रतिशतसम्मकाे गिरावट देखिएकाे थियाे । शेयरमा भारी गिरावट भएपछि अडानीकाे नेटवर्थ ५५ बिलियन डलर भएकाे छ ।
एजेन्सी ।