यदि कसैको अनुमान मिल्यो भने त्यो संयोग मात्र हो । यस्तो अनुमान पटक पटक मिल्न पनि सक्दैन । शेयर बजार स्थिर भएन र स्थिर बनाउन सरकारले केही यस्ता कदमहरू चालेन भन्ने गुनासा धेरैको मुखबाट सुनिन्छ । वास्तबमा जुन बजार स्थिर हुन सक्दैन त्यसलाई स्थिर बनाउन के कदम चाल्नु पर्यो र ? बरु केही त्यस्ता केहि कदमहरु चाल्न सकिन्छ जसले शेयर बजारमा लागेका र लाग्ने सोच बनाएका व्याक्तिहरुलाई सजिलो होस्, सुबिधायुक्त होस् र बिकल्पहरुको छनौट गर्ने सुविधा होस् ।
पूँजीबजार एक यस्तो बजार हो जसले कुनै लगानीकर्ताको जिन्दगी बदल्न सक्छ र लगानीकर्ताले साँचो सफलता तथा स्थायी सुखको महशुस तब गर्छन, जब उनीहरु शेयर बजार बारे केहि सिकेर, बुझेर लगानी गर्दछन् । केही यस्ता कारकहरु छन् जसले शेयर बजारलाई अध्याधिक अस्थिर बनाई दिन्छ ।
कारकहरूः
आर्थिक कारकहरूः
आर्थिक अवस्थाहरू, जस्तै तरलता, ब्याज दर, मुद्रास्फीति र कुल ग्राहस्थ उत्पादन (जीडीपी) को वृद्धि आदिले शेयर बजारमा महत्वपूर्ण प्रभाव पार्न सक्छ। यी कारकहरूमा भएको परिवर्तनले शेयर बजारमा सम्भावना र अनिश्चितता निम्त्याउछ फलतः शेयर बजारमा धेरै नै अस्थिरता आउछ । जस्तै गत बर्षदेखि देखिएको तरलता संकटका कारण ऋण पाउन मुस्किल, ब्याजदर बृद्धि, नियमाकिय बन्धन आदिले शेयरबजार तिव्र ओरालो लागेको कुरा भुल्न हुदैन ।
कम्पनी सम्बन्धी विशिष्ट कारकहरूः
कम्पनीहरूको कार्य सम्पादनले पनि शेयर बजारलाई असर गर्दछ । कम्पनीको ब्यवसाय, आय, ब्याय, व्यवस्थापन परिवर्तन र अन्य कम्पनी सम्बन्धित विशेष समाचारहरूले शेयर मूल्यमा उतार चढाव ल्याउछ । जस्तो कि हालै भारतमा भारतीय अर्बपति गौतम अडानीको अडानी ग्रुप माथि हिंडेनबर्गले लगाएका आरोपहरुका कारण पछिल्लो समय यो ग्रुपका लिस्टेड कम्पनीहरुको भ्यालुएसन आधा भन्दा धेरैले घटेको मात्र छैन कि भारतीय वित्तीय क्षेत्रमा उत्पन्न तरंगले विश्वमा भारतीय अर्थतन्त्रको ‘इमेज’ मा कुनै असर पर्दैन है भनेर भारतीय बित्त मन्त्री निर्मला सीतारमणले बताउनु परेको छ ।
राजनीतिक कारकः
राजनीतिक घटनाक्रम र नीतिहरूले पनि शेयर बजारलाई असर गर्छ । सरकारी निति, नियम, निर्वाचन र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा भएको परिवर्तनले शेयर बजारमा अनिश्चितता, अस्थिरता र सम्भावना सिर्जना गर्छ । जस्तैः नयाँ सरकार बने पछि आएका अर्थमन्त्रीका कारण लगानीकर्ताको मनोविज्ञानमा परिवर्तन देखिएको छ । त्यसैगरी केन्द्रिय बैंकका गर्भनरको शेयर बजार प्रतिको भाषा पनि फेरिएको छ ।
बजार भावनाः लगानीकर्ताहरूको समग्र मूड र मनोवृत्तिले पनि शेयर बजारलाई असर गर्छ । कुनै कालखण्ड वा क्षण भरमा जब लगानीकर्ताहरू आशावादी हुन्छन्, शेयरको मुल्य बढ्छ, तर जब तिनीहरू निराशावादी हुन्छन्, तब शेयरको मुल्य घट्छ । जस्तै भारतीय अर्बपति गौतम अडानीको अडानी ग्रुप माथि हिंडेनबर्गले लगाएका आरोपहरु (जुन पुष्टी हुनै बाँकी छ) का कारण पछिल्लो समय यो ग्रुपका लिस्टेड कम्पनीहरुको भ्यालुएसन आधा भन्दा धेरैले घटेको छ ।
मानव भावनाहरूः
लगानीकर्ताहरूको भावनाहरू जस्तै डर, लोभ र झुण्ड मानसिकताले शेयर बजारलाई असर गर्छ । यस्ता भावनाहरूले अत्यधिक प्रतिक्रिया र तर्कहीन व्यवहार निम्त्याउन सक्छ जसले शेयरको मुल्यमा उतारचढाव ल्याउछ । जस्तै शेयर बजार छिटो छिटो बढिरहेको बेला नयाँ नगानीकर्तालाई यस्तो लाग्दछ कि सबै भन्दा चाडै पैसा कमाउने ठाँउ शेयर बजार नै हो र उनीहरुमा यति धेरै लोभ उत्पन्न हुन्छ कि शेयरको सही मुल्य पाउदा पनि बेन्च सक्दैन् बरु ऋण लिएर खरिद गर्न हौसिन्छन् । त्यसैगरी बजार झर्दा पनि उनीहरु असाध्यै धेरै डर मान्छन् । यो सिलसिला नेपालको शेयर बजारमा पनि २०७७ आसाढ १५ देखि यस्ता यस्तै भएको देखिन्छ ।
प्राकृतिक प्रकोप र महामारीः
आँधी, भूकम्प र महामारी जस्ता प्राकृतिक प्रकोपहरूले पनि शेयर बजारलाई असर गर्छ । तिनीहरूले आपूर्ति शृङ्खलाहरू अवरुद्ध गर्न सक्छन्, जसले गर्दा सुचिकृत कम्पनीहरूले आय गुमाउन सक्छन र शेयरको मुल्यमा कमी आउन सक्छ । यसको अर्को पाटो यस्तो प्राकृतिक प्रकोपमा अन्य आर्थिक गतिबिधीहरु ठप्प हुँदा सेयर बाजारलाई भने फाईदा मिलेको छ । जस्तो कि कोरोना महामारीमा अन्य आर्थिक गतिविधी ठप्प हुँदा सिर्जित पर्याप्त तरलताको कारण शेयर बजारमा प्रशस्त लगानीकर्ता थपिए, सहुलियत ऋण पाएको कारण शेयरको माग अत्याधिक बृद्धि भई शेयरको मुल्य बढ्यो ।
निष्कर्शः
शेयर बजार एक जटिल प्रणाली हो र त्यहाँ धेरै कारकहरू हुन्छन् जसले यसको अस्थिरतामा योगदान गर्दछ । यो याद राख्नु महत्वपुर्ण हुन्छ कि शेयर बजार एक दीर्घकालीन लगानी हो र शेयर बजारमा लगानी गर्दा राम्रो विविध पोर्टफोलियो र दीर्घकालीन दृष्टीकोण हुनु महत्वपूर्ण हुन्छ। कारोवार वा लगानी जहिले पनि आफैले स्वःअध्ययन वा बिष्लेषण गरेर वा बित्तीय जानकारको सहयोगमा मात्र गर्नुपर्दछ । पुँजीबजारलाई स्वस्थ्य, पारदर्शी, समाबेशी तथा सर्वसाधारण ईच्छुक व्याक्तिकाे पहुँचमा पुर्याउन केही थप कदम चाल्नु पर्ने अवश्यक रहेकोछ भन्दैमा यसलाई जिम्मेवार निकायले कमाई खाने भाँडो मात्र बनाउनु पनि हुदैन । आवश्यक नीति, नियम तथा कार्यक्रमहरुको तर्जुमा, भएका नीति, नियम, निर्देशिकाहरुको परिमार्जन, कार्यान्वयन, नियमन, निरिक्षण तथा सुपरिवेक्षण गर्ने क्षमतामा ह्स आउने गरी नियमाक निकायले खुला आगमन र खुला वर्हिगमन भन्दै वास्तबिक आवस्यकता र दीर्घकालीन दृष्टीकोणलाई ध्यान नदिई वा बिस्तृत अध्ययन विनै लहडको भरमा ईजाजतपत्र बाँढेर पुँजी बजारलाई थप भद्रगोल पार्नु पनि हुदैन । यस्तो हुँदा पुँजी बजारमा असाध्यै धेरै अस्थिरता निम्तिन्छ ।