टर्की र सिरियामा शक्तिशाली भूकम्प, ६०० भन्दा बढीको निधन

Feb 06, 2023 01:28 PM Merolagani

टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको छ । सोमबार बिहान गएको भुकम्पबाट ६०० जना भन्दा बढीको निधन भएको छ । भुकम्पको केन्द्रबिन्दु टर्कीको गाजियनटेप रहेको थियो भने नजिक रहेको सिरियाका अन्य क्षेत्रमा यसको असर धेरै देखिएको छ । लेबनान र इजराइलमा पनि भुकम्पकाे धक्का महसुस गरिएकाे थियाे ।

७.८ म्याग्निच्युडकाे भुकम्पका कारण टर्कीमा अहिलेसम्म २८४ जनाको ज्यान गइसकेको छ भने ४४० जनाको घाइते भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

यसैगरी, सिरियामा ३२० जनाको मृत्यु हुँदा ६३९ जना घाइते भएका छन् । लेबनान र इजराइलमा पनि भुकम्पको धक्का महसुस गरिएको थियो । यद्यपी क्षतिको यकिन विवरण आइसकेको छैन । हालसम्म ४० पराकम्प गइसकेकाे बीबीसीले जनाएकाे छ । भुकम्पको केन्द्र गाजियनटेप सिरियाभन्दा ९० किलोमिटर टाढा रहेको छ । सोहि कारण आसपासका क्षेत्रमा भुकम्पले धेरै क्षति गरेको छ ।

याे टर्किकै इतिहासकाे ठुलाे भुकम्प भएकाे भुकम्पविदले बताएका छन् । सन् १९९९मा टर्किमा ७.६ म्याग्निच्युडकाे भुकम्प जाँदा १७ हजारकाे मृत्यु भएकाे थियाे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।