टर्की र सिरियाकाे तीन ठुला भुकम्पमा परी ४ हजार ३०० जनाको निधन, १७ हजार भन्दा धेरै घाइते

Feb 07, 2023 12:36 PM Merolagani

टर्कि र सिरियामा भएको भुकम्पका कारण हालसम्म ४ हजार ३०० जनाको ज्यान गइसकेको छ । टर्कीको गाजियनटेप केन्द्रविन्दु बनाएर आएको भुकम्पका कारण १७ हजार भन्दा धेरै घाइते भएका छन् । ७.८ म्याग्निच्युडको उक्त भुकम्पका कारण ठुलो मानविय तथा भौतिक क्षति भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

भुकम्प आएको ३० घण्टा भन्दा बढि भइसक्दा पनि शव भेटिने क्रम जारी रहेको छ । यसैगरी, उद्धार गर्ने काम पनि भइरहेको छ । विश्वका अन्य राष्ट्रहरूले पनि सहयाेग गर्न तयार रहेकाे बताउँदै सर्च र रेस्क्यु टिम पठाइरहेका छन् ।

टर्की र सिरियामा तीन ठुला भुकम्प आएपछि धेरै क्षति भएको हो । सोमबार बिहान ७.८ म्याग्निच्युडको करिब चार बजे, दोश्रो भुकम्प ७.६ म्याग्निच्युडको करिब १० बजे र तेश्रो ६ म्याग्निच्युडको दिउँसो ३ बजे आएको थियो । यसबाहेक २४३ पराकम्पको महसुस गरिएको थियो । यी भुकम्प ४ देखि ५ म्याग्निच्युडको रहेको बताइएको छ ।

दुई देशमा गरी ४ हजार ३०० जनाको निधन भएको छ । टर्कीमा २ हजार ९२१ जनाको ज्यान जाँदा १५ हजारभन्दा धेरै मानिसहरु घाइते भएका छन् । यसैगरी, सिरियामा एक हजार ४४४ मानिसहरुको मृत्यु हुँदा २ हजार भन्दा धेरै घाइते भएका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।