राम्रो काम गर्न डराउनु पर्दैन, राम्रो काम गर्नको लागि जुनसुकै साहसिक कदम पनि चाल्नु पर्छ - रमेश हमाल

Feb 07, 2023 01:59 PM merolagani

रमेश हमाल

मैले पद बहाल गरेको करिब करिब ११ महिना पुग्न लाग्यो। हामीले चालु आर्थिक वर्षका काम कारबाही अघि बढाउनको लागि चार पिल्लरलाई आधार बनाएका थियौ। ती चार पिल्लर मध्ये दुई वटा मुख्य पिल्लरमा लगानीकर्ताको सुरक्षा,बजारको बिस्तार र सन्तुलन हो।

मैले १५ वर्ष भन्दा बढी अन्तराष्ट्रिय क्षेत्रमा काम गरे। त्यो पनि उच्च व्यवस्थापनमा बसेर लिडरसीपको भूमिका निर्वाह गरे। मैले काम गरेको देशको अर्थतन्त्र निक्कै विकसित थिए। मैले काम गरेको अनुभवको आधारमा के भन्न सक्छु भने ती देशहरूको अर्थतन्त्र विकास हुनुको कारण भनेको ती देशमा भएको मेरिट प्रणाली र अकाउन्टिबिलिटी नै हो। सार्वजनिक संस्थाहरू अकाउन्टेबल छन्। त्यसकालागि उनीहरूसित प्रविधि,स्रोत र साधन पनि छ।

तर मलै अहिले काम गरिरहेको संस्था प्रविधि,स्रोत र साधन दुबैमा कमजोर छ। सीमित जनशक्ति र प्रविधि नभएको कारणले गर्दा हामीले चाहेको प्रगति गर्न सकिरहेका छैनौ। तर कतिपय ठाउँमा हामीले सुधारको सङ्केत देखाइ सकेका छौ,त्यो पनि काम गरेर। जसमा हामीले के के गर्‍यौ त्यो विषय प्रस्तुत गर्न चाहन्छु।

सबैभन्दा पहिले नेपाल स्टक एक्सचेन्ज मार्फत आम सर्वसाधारणले चलाइराखेको टिएमएस प्रणाली एकै घरानाको भयो। जसले गर्दा समय समयमा समस्या आएको भन्दै गुनासो आइरहेको थियो। त्यसलाई हामीले विनयमावलीमै व्यवस्था गरेर डेडिकेटेड टिएमएस प्रणाली लागु गर्ने अवस्था सिर्जना गर्‍यौ। जुन अहिले कार्यान्वयनमा आउने क्रममा छ। त्यो काम हामीले दुई महिनामा गरेका थियौ।

त्यही कामबाट मैले सुधारको सङ्केत देखिसकेको थिए। तर सुधार सँगै साहसिक काम गरिएको कारण घेराबन्दीमा परिएको सङ्केत मैले अनुभव गरेको थिए।

मैले आएको दिन देखिनै मर्जर तथा एक्विजिसनमा गएका कम्पनीहरूको बर्षौसम्म कारोबार रोकिने प्रथाको अन्त्य हुनपर्छ भनेको थिए। जुन प्रथाले मुलुकलाई अन्तराष्ट्रिय स्तरमै बदनाम गर्ने खालको अवस्था थियो। अरू देशमा एक दिन भन्दा बढी कारोबार रोकिँदैन। त्यसकारण आएको दिन देखिनै मैले त्यो विषयलाई उठाएँ। जसलाई नेपाल राष्ट्र बैंकका गभर्नरको साथ सहयोगले उक्त विषयले निकास पायो। आज कुनै पनि कम्पनीको शेयर कारोबार १५ दिन भन्दा बढी रोकिँदैन। तीन दिन भित्र हामी मर्जरका फाइलमा स्वीकृति दिन्छौ।

समय सीमा भित्र काम गर्नु पर्छ भन्ने कुरा हामीले त्यहीबाट सुरु गर्‍यौ। समय सीमा तोक्ने विषय हामीले ब्रोकर कम्पनीहरूको बिनियमावलीलाई संशोधन गर्दा पनि समेटेका छौ। लागु गर्ने क्रममा  सम्मानित अदालतले यथास्थितिमा राखेको अवस्था छ। त्यसमा पनि पाँचवटा बेन्च मार्क राखिएका छन्। तर कुनै पनि नीतिले सबैलाई खुसी पार्दैन। सिक्काका दुई पाटा हुन्छन्। यो नेचर हो। तर हामीले गरेको नीतिगत व्यवस्थाको कारण के थियो भने ब्रोकर प्रणाली बलियो भयो, टिएमएस प्रणाली बलियो हाेस्,बलियो भयो भने मात्रै बजारको बिस्तार र सन्तुलन हुन्छ भन्ने हाम्रो उद्देश्य थियो।

त्यसैगरी हामीले सी आश्वा शुल्कलाई पाँच रुपैयाँमा झार्‍यौ। त्यो नीति बजारको लागि आवश्यक छ। त्यसैकारण यसलाई घटाइएको हो। त्यसपछि धितोपत्र बोर्डको प्रस्तावमा वैदेशिक रोजगारमा गएकाहरूलाई १० प्रतिशत आरक्षणको व्यवस्था गरियो।

सही प्राइभेट इक्युटि र भेन्चर क्यापिटलको प्लेटफर्म भएको देशमा वैदेशिक लगानी आउने सम्भावना चाहिँ प्रवल हुन्छ। किनभन्दा एकजिट मेकानिजम सजिलो हुन्छ। त्यसकारण जति पनि एसियाका देशहरूले प्रगति गरिरहेका छन्। उनीहरूको प्रगतिमा प्राइभेट इक्युटि भेन्चर क्यापिटलको ठुलो भूमिका छ। हामीले त्यही भएर निक्कै छोटो समयमा ११ वटा विशिष्टीकृत लगानी कोषहरूलाई हामीले लाइसेन्स दियौ।

बजार बिस्तार र सन्तुलन मिलाउन प्रविधि र प्रतिस्पर्धा दुवै चाहिन्छ भनेर नयाँ स्टक,कमोडिटि र ब्रोकरको लाइसेन्स खुल्ला गर्‍यौ। अहिले सम्मानित अदालतको आदेश अनुसार यथास्थितिमा छ।

एसएमइ प्लेटफर्ममा मैले पहल गरिरहेको छु। हामी यसमा असाध्यै ढिलो भएका छौ। धेरै कुरा मैले चाहेको समय सीमामा हुन सकेको छैन। तर यति हुँदा हुँदै पनि हामीले एसएमइ प्लेटफर्मका नियमावली बनाउने काम ९५ प्रतिशत सकाएका छौ। अब चाडै स्वीकृतिको लागि अर्थ मन्त्रालय पठाउँछौ। बढीमा हामी ६ देखि आठ हप्तामा सुरु गर्ने पक्षमा छौ।

ब्रोकर कम्पनीको शाखा बिस्तार स्वीकृतिमा अव ढिलाइ हुँदैन। शाखा बिस्तारमा ढिलो नहोस् भनेर छुट्टै कार्यविधि बनाएका छौ। यही साता हामी बोर्डमा स्वीकृतिकोलागि लैजादै छौ। जसले १५ दिन भित्र ब्रोकरको शाखा बिस्तारको स्वीकृति पाउने व्यवस्था हुने छ।

भित्री कारोबारमा हामीले दुई वटा कम्पनीका सञ्चालकलाई पहिलो चरणको कारबाही गर्‍यौ। थप अनुसन्धान चलिरहेको छ। यो बिचमा हामीले रेटिङ एजेन्सीलाई समेत कारबाही गर्‍यौ।

यति धेरै काम हुँदा हुँदै पनि कोही खुसी भएको अवस्था छ भने कोही दुखी रहेको अवस्था छ। तर हामीले राम्रो काम गर्न डराउनु पर्दैन। राम्रो काम गर्नको लागि जुनसुकै साहसिक कदम पनि लिनु पर्छ भन्ने मलाई लाग्छ।

 

 

(धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले “बोर्डको कार्यसम्पादन, निष्कासन अनुमति प्रक्रिया र विद्यमान अवस्था सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम” दिएको मन्तव्यको सम्पादित अंश )  

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।