सानिमा लाइफको खुद बीमाशुल्क र नाफा दुबै बढ्यो, अन्य सूचक कस्तो?

Feb 08, 2023 12:03 PM Merolagani

सानिमा लाइफ इन्स्योरेन्स (SLI) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब १७ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.८५ प्रतिशतले मात्रै धेरै हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब १६ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १७ करोड ६५ लाख रुपैयाँ र बीमालेख धितोमा २३ करोड ९१ लख रुपैयाँ कर्जा लगानी गरी ३६ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा पनि २३.६३ प्रतिशतले बढेर ११ करोड ६१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९ करोड ३९ लाख रुपैयँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३५ करोड ९० लाख रुपैयाँ, बीमा कोषमा ४ अर्ब ८ करोड ५३ लाख रुपैयाँ र महावित्ती कोषमा ४ करोड ४८ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ १९ पैसा र मूल्य आम्दानी अनुपात ३७.७८ गुणा रहेको छ ।

कम्पनीले यस अवधिमा २ हजार ३३७ वटा दाबी वापत ३१ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १६ वटा दाबी वापत १ करोड २४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकि रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।