आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिनु अघि कम्पनी कस्तो छ कम्पनी? हेरौं

Feb 23, 2023 06:51 AM Merolagani

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आज (फागुन ११ गते) बिहीबार देखि सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । लघुवित्तले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरे पश्चात सर्वसाधारणको लागि शेयर निष्काशनमा ल्याएको हो ।

लघुवित्तले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये १० प्रतिशत अर्थात २० हजार ३३८ कित्ता बैदेशिक रोजगारीा रहेका नेपालीहरुलाई निष्काशन गरिसेको छ । यस्तै ०.५ प्रतिशत आर्थत ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १० हजार १७० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने १ लाख ६९ हजार ७५५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको अधिकृत पूँजी ८ करोड रुपैयाँ, जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँ र चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ ।

सर्वसाधारणलाई २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँ पुग्नेछ ।

आईपीओ निष्काशन पश्चात संस्थापकको ६७.३७५ प्रतिशत र सर्वसाधारणको ३२.६२५ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।

आईपीओमा कसरी दिने आवेदन?

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्ता अर्थात १० हजार रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

लघुवित्तको आईपीओमा फागुन ११ गते देखि फागुन १५ गते बैकिङ्ग समयसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे फागुन २५ गतेसम्म म्याद थप हुनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभुतकर्तामा बिओके क्यापिटलले लिमिटेड रहेको छ ।

उच्च जोखिम जनाउने रेटिङ्ग

लघुवित्तको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपाल लिमिटेडले ‘केयरनपी डबल बी प्लस इन्युअर’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।

लघुवित्तलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपालले २०७९ जेठ २६ गते रेटिङ्ग प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि एक वर्ष अर्थात २०८० जेठ २६ गतेसम्म कायम रहनेछ ।

कस्तो संस्था हो?

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्रबाट अनुमति प्राप्त ‘घ’ वर्गको वित्तीय संस्था हो । २०७५ मंसिर ४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७५ माघ २९ गते नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको थियो ।

लघुवित्त वित्तीय संस्थाले २०७६ बैशाख २ गते देखि आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको नामबाट वित्तीय कारोबार सुचारु गर्दै आइरहेको छ ।

संस्थाको केन्द्रिय कार्यलय दाङ्ग जिल्लाको घोराही उप महानगरपालिका वडा नं. १५ मा रहेको छ । हाल संस्थाले ३ जिल्लामा २१ वटा शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

यस लघुवित्त वित्तीय संस्थाको निक्षेपकर्ताको हक हितको संरक्षण र सम्वद्र्धन गर्दै स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दाे वित्तीय मध्यस्थता सेवा उपलव्ध गराउने उदेश्य राखेको छ ।

कृषि, उद्योग, सेवा, ब्यापार तथा अन्य ब्यवसायिक रूपले सम्भाब्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, बिस्तार र क्षमता एवम् उत्पादकत्व वृद्धिका लागि आवश्यक वित्तीय साधन आन्तरिक तथा बाह्य स्रोतबाट जुटाई देशको औद्योगिक, ब्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पुर्याउने उदेश्य राखेको छ ।

उपलब्ध सीप, श्रम तथा पूँजीलाई उचित रुपमा परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा उत्पादन एवम् रोजगारीमूलक ब्यवसायको स्थापना, सञ्चालन, विकास, विस्तार एवम् प्रवद्र्धन गर्ने र सो कार्यको लागि आवश्यक वित्तीय साधन, प्राविधिक तथा ब्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई गरिबी निवारणका लागि सक्रिय रूपमा संलग्न भई सहयोग पुर्याउने उदेश्य राखेको लघुवित्तले जनाएको छ ।

वित्तीय सेवामा जोखिम कम गर्दै वित्तीय क्षेत्रको उदारीकरणमा मद्दत पुर्याई देशको अर्थतन्त्रलाई सबल तथा सुदृढ बनाउन सहयोग पुर्याउने र देशको समग्र वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वासनीयता अभिवृद्धि गर्न सहयोग पुर्याउने लघुवित्तको उदेश्य रहेको छ ।


तीन वर्षमा सञ्चित नाफा साढे ३४ करोड माथि पुर्याउने

लघुवित्तले आर्थिक वर्ष २०८१/८२ सम्ममा सञ्चित नाफा ३४ करोड ६७ लाख ७४ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक २०७८/७९ को अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले १२ करोड ५४ लाख ९० हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा लघुवित्तले १९ करोड ६८ लाख ६ हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा लघुवित्तले ६ करोड ४७ लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै लघुवित्तले आर्थिक वर्ष २०८१/८२ सम्ममा प्रतिशेयर नेटवर्थ ८१२ रुपैयाँ ७२ पैसा र प्रतिशेयर आम्दानी १५७ रुपैयाँ ३ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५५६ रुपैयाँ ५९ पैसा र प्रतिशेयर आम्दानी १८५ रुपैयाँ ४३ पैसा पुग्ने लघुवित्तको अनुमान छ ।

आईपीओ निष्काशन गर्नुको उद्देश्य

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार सर्वसाधारणलाई शेयर वितरण गर्नु परेको लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्नु परेको जनाएको छ । त्यस अनुसार संस्थाले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवंम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उदेश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न आईपीओ निष्काशन गर्नु परेको जनाएको छ ।

लघुवित्तले आईपीओ निष्काशन गरी संकलन भएको २ करोड ३ लाख ३८ हजार रुपैयाँ मध्ये पशुपालन तथा कृषि कर्जामा ५० लाख रुपैयाँ, खुद्रा व्यापार तथा सेवा व्यवसाय कर्जामा ५० लाख रुपैयाँ, साना तथा घरेलु उद्योग कर्जामा ३३ लाख ३८ हजार रुपैयाँ र भौतिक पूर्वाधार तथा शाखा विस्तारमा ७० लाख रुपैयाँ लगानी गर्ने जनाएो छ ।

सञ्चालक समितिमा को को छन्?

लघुवित्त वित्तीय संस्थाको नियमावली अनुसार सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ । समितिमा संस्थापक शेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना हुने प्रावधान रहेको छ ।

सञ्चालक समितिको अध्यक्षमा मिरा चौधरी रहेका छिन् । यस्तै सञ्चालक समितिमा सदस्यहरुमा टिकाराम चौधरी, मिना गिरी, अरुणा कुमारी चौधरी र गोमा महरा रहेका छन् । महरा स्वतन्त्र सञ्चालक हुन् ।

हाल लघुवित्तको सञ्चालक समितिमा रहेका ४ जना संथापक शेयरधनी र एक जना स्वतन्त्र गरी ५ जना मात्रै रहेका छन् । आईपीओ निष्काशन पश्चात भने नियमावली अनुसार सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक चयन हुनेछ । सञ्चालकहरुको कार्यकाल ४ वर्षको हुनेछ ।
ग्रामिण महिला उत्थान केन्द्र र खेमराज शर्मा लघुवित्तको आधारभुत शेयरधनीहरु रहेका छन् ।

भावी योजना तथा रणनीति

लघुवित्त वित्तीय संस्थाले आफ्नो व्यवसाय तथा सेवा वृद्धिको लागि ग्राहकको आवश्यकता अनुसार सेवा विस्ता गराउनदै लाने रणनीति लिएको छ ।

लघुवित्तले प्रबन्धपत्रमा उल्लेख भए बमोजिमका उद्देश्यहरु हासिल गर्नका लागि लघुवित्त करोबारहरु विस्तार गर्दै लैजाने, ग्राहकको आवश्यकता अनुरुप नै सेवाहरु उपलब्ध गराउँने याेजना बनाएकाे छ ।

यस्तै संस्थागत सुशासन, आन्तरिक नियन्त्रण तथा प्रशासकिय सुदृढिकरणमा विशेष जोड दिने, भविष्यमा असर पर्न सक्ने नकारात्मक घटना वा अवस्था आउन नदिन आवश्यक नीति नियम, कार्यविधिहरुको तर्जुमा गरी अगाडी बढ्ने लघुवित्तको रणनीति रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।