४ कम्पनीको शेयरमूल्य समायोजन

Mar 10, 2023 09:18 AM Merolagani

फागुन २६ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन, सांग्रिला डेभलपमेन्ट बैंक, आशा लघुवित्त र साना किसान लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।

यस दिन नेप्सेले साल्ट ट्रेडिङ्गको १० प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत, आशा लघुवित्तको १४.२८५७ प्रतिशत र साना किसन विकास लघुवित्तको २६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात साल्ट ट्रेडिङ्गको शेयरमूल्य ३ हजार ९४० रुपैयाँ ९१ पैसा, सांग्रिलाको ३११ रुपैयाँ ४२ पैसा, आशा लघुवित्तको ७५२ रुपैयाँ ५० पैसा र साना किसानको ८८८ रुपैयाँ १० पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार साल्ट ट्रेडिङ्गको शेयर प्रतिकित्ता ४ हजार ३३५ रुपैयाँ, सांग्रिलाको ३३८ रुपैयाँ, आशा लघुवित्तको ८६० रुपैयाँ र साना किसान विकासको १ हजार ११९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

साल्ट ट्रेडिङ्ग (STC) ले ५६ औं वार्षिक साधारण सभा मार्फत १० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ। यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फतबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

आशा लघुवित्त (ALBSL) ले छैठौँ वार्षिक साधारण सभा मार्फत हाल कायम चुक्ता पूँजीको १४.२८५७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१४३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्दैछ।

त्यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले चैत १७ गते शुक्रबार, लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ८.५३४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४४९ प्रतिशत नगद लाभांश गरी कुल ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साना किसान (SKBBL) को सभाले चुक्ता पूँजीको २६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ सञ्चालकको कार्यकाल थप गर्ने निर्णय अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।