२५% पैसा राखेर १००% शेयर ट्रेड गर्नेको प्यानिक सेल, जसले थप प्यानिक बनायो बजार, २५ लाई १०० बनाउनु पर्ने हो ?

Mar 27, 2023 06:15 AM Merolagani

सुवास निरौला

साताको पहिलो दिन आइतबार शेयर बजार २६.८५ अंकले घटेर सूचक १८८८.२९ अंकमा झर्‍यो। बिक्रीकर्ता हाबी हुँदा आइतबार शेयर बजारमा थप दबाब परेको एक ब्रोकर कम्पनीका सञ्चालकले बताए।

उनका अनुसार यति बेलाको बजारमा सबैभन्दा बढी ट्रेडरको प्यानिक सेल बढिरहेको छ। यस अघि शेयर किनेका तर तोकिएको समयमा पैसा भुक्तानी नगरेका लगानीकर्ताको शेयर बेचेर हिसाब मिलाउँदा सेलिङ प्रेसर बढेको हो। समयमा पैसा भुक्तानी नगर्ने लगानीकर्ताको शेयर ब्रोकर कम्पनीले बिक्री गर्न दबाब दिन्छन्। जुन दबाब थेग्न नसकेर लगानीकर्ता घाटामै शेयर बेचेर हिसाब मिलाउन बाध्य हुन्छन्। “नेपाली बजारमा आज शेयर किनेर दुई तीन दिनमै नाफा कमाइन्छ भन्ने स्मार्ट लगानीकर्ता बढ्दै गइरहेका छन्। उनीहरूको रणनीति अनुसार आज शेयर किन्ने भोलि आफैसँग भएको शेयर बिक्री गर्ने। त्यसको अर्थ हो आफूसित भएको शेयरको लागत घटाउने। आफैसित भएको शेयर बिक्री गरेर सेटलमेन्ट पनि गर्ने। तर पछिल्लो समय उनीहरूको रणनीति फेल हुँदै गइरहेको छ। उनीहरू सेटलमेन्टको प्रेसरमा स्टप लस गर्न बाध्य भइरहेका छन्। जसले बजारलाई थप प्रेसर पार्दै लगिरहेको छ” ती ब्रोकरले भने।

पछिल्लो समय लगानीकर्ताले शेयर किन्ने तर समयमा भुक्तानी नगर्ने समस्या बढ्दै गइरहेको छ। ब्रोकर कम्पनीका अनुसार तोकिएकै समयमा कुल कारोबार रकमको १० प्रतिशत रकम उठाउन हम्मे हम्मे पर्न थालेको छ। ब्रोकर कम्पनीले समयमा राफसाफ गर्न आफ्नै ऋण, चुक्ता पूँजी र सर सापटबाट काम चलाउँदै आएका छन्। तर त्यसको अवस्था समेत अन्तिममा आएपछि अहिले समयमा भुक्तानी नगर्नेलाई शेयर बिक्री गराएरै भएपनि भुक्तानी लिन थालिएको छ। जसले गर्दा बजारमा थप प्रेसर परेको बताइएको छ। “टि प्लस टु भित्र टोटल भोल्युमको १० प्रतिशत मात्रै पैसा उठ्छ । ब्रोकरले त जसरी पनि सेटल गर्नै पर्छ। ब्रोकरले आफ्नो ओडि चलाएर हुन्छ कि, पेडअप क्यापिटल चलाएर हुन्छ सेटल गरिरहेका छन्। त्यसरी चलाउँदा पनि ब्रोकर अन्तिम अन्तिम स्थितिमा आइसकेका छन्। अहिले ब्रोकरले अप्टिमम लिमिटहरू प्रयोग गरेका छन्। ट्रेडरले आज किन्छु भोलि अर्को बेचिहाल्छु भन्ने रणनीतिमा किन्छ। बजार घटेपछि उसले ट्रेड गर्न पनि सक्दैन। अनि ब्रोकरकोमा उधारो बढ्दै गयो। उधारो बढ्दै गएपछि ब्रोकरले प्रेसर गर्न थाल्छ। ब्रोकरको प्रेसर थाम्न नसकेपछि उसले स्टप लस गर्छ। त्यसले बजारलाई प्यानिक बनायो” ती ब्रोकरले भने।

नेपालमा शेयर किन्न अग्रिम २५ प्रतिशत रकम अग्रिम भुक्तानी दिनु पर्छ। २५ प्रतिशत रकम भुक्तानी दिएपछि शत प्रतिशत शेयर किन्न पाइन्छ। उधारोमा शेयर किन्न पाइने नेपाल मात्रै एक्लो देश हो। अरू राष्ट्रमा उधारोमा शेयर किन्न पाइँदैन। उधारोमा शेयर किन्न पाउने सुविधाकै कारण लगानीकर्ताले आफ्नो क्षमता भन्दा बढी शेयर किन्ने र समयमा भुक्तानी गर्न नसकेपछि घटामै शेयर बेच्नु पर्ने अवस्था सिर्जना गरेको माथिल्लो घट्ना क्रमले दर्साउँछ। जसले लगानीकर्ताको लगानी क्षमता थप कमजोर बनाउँदै लगिरहेको छ। लगानीकर्ताको सम्पत्ति क्षयीकरण हुनबाट जोगाउन पनि उधारोमा शेयर किन्न पाउने व्यवस्थामा कडाइ गर्नु पर्ने देखिएको छ।

शेयर बजार आफैमा जोखिम युक्त बजार हो। जोखिम हुने जान्दा जान्दै पनि लगानीकर्ताले जसरी ब्रोकरले दिएको लिमिट प्रयोग गरिरहेका छन्, त्यसले लगानीकर्ताको दायित्व बढाउँदै लगिरहेको छ। किनकि ब्रोकरले निश्चित समयको लागि लिमिट दिने गर्छन्। जुन लिमिट सित्तैमा पाए जसरी लगानीकर्ताले प्रयोग गरिरहेका छन्। तर एक हदमा पुगेपछि ब्रोकरले आफ्नो रकम उठाउन घाटामै शेयर बिक्री गराएरै भएपनि असुल उपर गर्ने गरेका छन्। जसले गर्दा ब्रोकरले भन्दा बढी लगानीकर्ताले पछिल्लो समय नोक्सानी व्योहोर्नु परिरहेको छ।  

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।