सनराइज बैंकको लाभांश घोषणा, बोनस कति ?

Nov 23, 2020 11:30 AM Merolagani

सनराइज बैंक (SRBL) ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कार्तिक ७ गते बसेको ३५९ औँ बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 बैठकले २०७७ असार मसान्त सम्मका मुनाफाबाट ५२ करोड १ लाख रुपैयाँ बराबरको ५.८० प्रतिशत बोनस र कर सहित २२ करोड २४ लाख रुपैयाँ बराबरको २.४८ प्रतिशत नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कुल ८.२८ प्रतिशत अर्थात् ७४ करोड २५ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश राष्ट्र बैकबाट स्वीकृति प्राप्त भई आगामी साधारण सभाबाट पारित भएपछि शेयर धनीले पाउनेछन् ।

 

नेपाल इन्भेष्टमेन्ट र सिटी एक्सप्रेसको एकिकृत कारोबार माघ ११ गतेदेखि

Jan 18, 2021 09:04 AM

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) र सिटी एक्सप्रेस फाइनान्स कम्पनीले माघ ११ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएको छ।