बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि बुधबारदेखि बुकक्लोज गर्ने भएकोले मंगलबारसम्म कायम शेयरधनीले मात्रै बैंकले वितरण गर्ने लाभांश पाउनेछन्।
बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को लागि चुक्ता पूँजीको १९ प्रतिशतका दरले हुन आउने रकम १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने ९ करोड ७१ लाख रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
लाभांश वितरणको प्रस्ताव पारित गर्न बैंकले मंसिर २१ गते साधारण सभा डाकेको छ।