बिटक्वाइन हालसम्मकै उच्च स्तर पुगेर बन्द, एक महिनामा ४० प्रतिशतले बढ्यो

Nov 24, 2020 09:03 PM Merolagani

बिटक्वाइन करिब ३ वर्षमा पहिलोपटक १९ हजार डलरको उचाईमा पुगेर बन्द भयो । 

विश्वको सबैभन्दा लोकपिय क्रिप्टोकरेन्सीका रुपमा रहेको बिटक्वाइन १८ हजार ९१८ डलरमा ३ प्रतिशतले बढेर १९ हजार ६६६ को आफ्नो हालसम्मै उच्च रेकर्डको नजिक थियो ।

बिटक्वाइन नोभेम्बर महिनामा मात्र ४० प्रतिशतले बढ्यो, जबकि यस वर्ष करिब १६० प्रतिशतको बढोत्तरी देखियो ।

बिटक्वाइनले आफ्नो १२ वर्षको इतिहासमा उच्च लाभ र समान रुपमा गिरावटको पनि सामना गर्न पुग्यो । स्टक वा बन्डको तुलनामा यसको बजार अत्याधिक अपारदर्शी रहेको छ।

बिटक्वाइन के हो ? 

बिटक्वाइन एक डिजिटल मुद्रा वा एक भर्चुअल करेन्सी हो । नेपालमा  रुपैयाँ, अमेरिकामा डलर, वेलायतमा पाउन्ड चल्छ र यो भौतिक मुद्रा हो, जसलाई मानिसले देख्न, छुन र नियम अनुसार कुनै पनि ठाउँ वा देशमा यसको प्रयोग गर्न वा ओसारपसार गर्न  सक्छन् तर क्रिप्टो करेन्सी भिन्न हुन्छ । अन्य मुद्रा जस्तै यसलाई छाप्ने काम हुँदैन र यसलाई देख्न, छुन सकिदैन । त्यसैले यसलाई केवल अनुभव गर्ने भर्चुअल मुद्रा भनिन्छ। एजेन्सी 


comments powered by Disqus

एनसेलले सार्वजनिक गर्योे उद्यमीकालागि ‘बिजप्लस’प्लान

Jan 18, 2021 01:23 PM

एनसेल आजियाटा लिमिटेडले साना देखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यलयहरुलाई आवश्यकताअनुसारको सम्पुर्ण सेवाप्रवाह गर्न ‘बिजप्लस’प्लानहरु संचालनमा ल्याएको छ । अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यलयहरुले उनीहरुकै लागिविषेश रुपमातयार पारिएको सेवाबाट लाभलिन हुन सक्ने भएका छन् ।