लगानीकर्ताले प्रोफिट बुक गर्न थालेपछि पुनः १९०० विन्दुभन्दा तल झर्यो नेप्से

Nov 26, 2020 11:31 AM Merolagani

उच्च रुपले बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गर्न थालेसँगै पुनः ओरालो लागेको छ। उच्च रुपले बढेर १९१६ को उच्च विन्दुमा पुगेको नेप्से पुन घटेर १९०० विन्दुभन्दा तल झरेको छ।

बिहीबार नेप्से सूचकले यसघिको उच्च विन्दुलाई तोड्दै झण्डै साढे ४ महिनापछि पुनः नयाँ रेकर्ड बनाएको थियाे।

यसअघि नेप्से सूचक २०७३ साउन १२ गते १८८१ को सबैभन्दा उच्च विन्दुमा पुगेको थियो। झण्डै साढे ४ वर्षपछि मंसिर ११ गते बिहिबार नेप्से सूचकले उक्त रेकर्डलाई तोड्दै १९१६ को विन्दु सम्म पुगेको छ। 

बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा बिक्री चाप बढेको छ। जसले गर्दा सूचक पुनः ओरालो लागेको छ।

विहीबार ११ः२५ सम्ममा नेप्से सूचक पुन १८८१ कै विन्दुमा झरेको छ।

 


comments powered by Disqus

इन्फ्रास्टक्चरको आइपीओ खुलेको तेस्रो दिन पनि बैंक र क्यापिटलमा लाइन उत्तिकै, डिम्याट खोल्ने र शेयर भर्नेको भिड

Jan 18, 2021 12:50 PM

इन्फ्रास्टक्चर बैंकको आइपीओ खुलेको तेस्रो दिन पनि बैंक र क्यापिटलहरुमा भिडभाड उत्तिकै देखिएको छ। बैंकको शेयर खुल्नुभन्दा केहि दिन अघिदेखि नै सुरु भएको यो भिड अझै कम भएको छैन्।