लगातार छैठौ दिन नेप्सेले बनायो अलटाइम हाइ रेकर्ड, बैंकिङ छोडेर फाइनान्स र उत्पादनमुलक कम्पनीतर्फ ढल्किँदै लगानीकर्ता

Jan 13, 2021 03:34 PM Merolagani

शेयर बजारले लगातार छैठौ दिन पनि अल टाइम हाइ रेकर्ड कायम गरेको छ। बुधबार नेप्से सूचकले १८.८१ अंकले बढेर २२८६.५५ विन्दुको नयाँ रेकर्ड बनाएको हो। 

यस दिन झण्डै ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। २०७ वटा कम्पनीको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता शेयर ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँमा खरिद बिक्री भएको हो।

पछिल्लो केहि दिन यता बैंकिङसमूहको सूचक उकालो लाग्दै आएकोमा बुधबार भने फाइनान्स र उत्पादनमूलक उपसमूहको सूचक उच्च दरले बढेको छ। लगानीकर्ताले बैंकिङ छोडेर उत्पादनमुलक र फाइनान्स कम्पनीहरुको शेयर खरिद बढाएको देखिन्छ। यस्तै, माइक्रोफाइनान्स उपसमूहमा पनि लगानीकर्ताको आकर्षण बढेको छ।

यस दिन बैंकिङ उपसमूहको सूचक भने ०.१८ प्रतिशतले घटेको छ।

 

  • १२ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

बुधबार कारोबारमा आएकामध्ये १२ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने आरम्भ चौतारी, फर्स्ट माइक्रोफाइनान्स, इन्फिनिटि लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक लगायताको १२ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

यता मल्टिपर्पस फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ भने महिला सहयात्रा माइक्रोफाइनान्सको ३.८२ प्रतिशत, नेपाल एसबिआई बैंकको ३.७२ प्रतिशत, सिभिल बैंकको १.७९ प्रतिशत र नेपाल इन्स्योरेन्सको १.४६ प्रतिशतले घटेको छ।

 

बुधबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै २६ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको २० करोड ७२ लाख, अपर तामाकोशीको १८ करोड ४९ लाख, शिवम् सिमेन्टको १६ करोड ३६ लाख र एनआइसी एशिया बैंकको १५ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएकामध्ये १२९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३८ वटाको शेयरमूल्य घटेको छ। ८ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।


comments powered by Disqus

१७ अंक बढेर नेप्से नयाँ उचाइमा, १७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Jan 18, 2021 03:30 PM

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १७.३१ अंक अर्थात ०.७५ प्रतिशत बढेर २३३२.३२ विन्दुमा पुगेको छ। यो नेप्सेको हालसम्मकै उच्च विन्दु हो।