मंगलबार धेरैजसो क्षेत्रको शेयरमा गिरावट आएको देखिन्छ । नेप्सेका अनुसार, कारोबार भएकोमध्ये २१४ कम्पनीको शेयर घटेको छ भने ३४ वटा कम्पनीको शेयरमा सुधार भएको देखिन्छ । मंगलबार धेरैजसो क्षेत्रका सूचकहरु ऋणात्मक बन्दा सेयरको कुल कारोबारमा समेत असर परेको छ ।
मंगलबार कारोबार बन्द हुँदा ६ अर्ब ६७ करोडको शेयर कारोबार भएको छ । सवैभन्दा बढी कारोबार हुने क्षेत्र हो, हाइड्रोपावर कम्पनी । सबैभन्दा बढी कारोबार गर्ने ५ हाइड्रोपावर कम्पनीहरुमा राधी विद्युत कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, न्यादी ग्रुप पावर लिमिटेड, बुटवल पावर कम्पनी लिमिटेड र अरुण काबेली पावर लिमिटेड हुन् ।
जसमध्ये मंगलबार राधी विद्युत कम्पनीले ६० करोड १५ लाख, युनिर्भसल पावर कम्पनीको ४१ करोड १५ लाख, न्यादी ग्रुप पावरको ४० करोड ३० लाख, बुटवल पावर कम्पनीको २० करोड ७७ लाख र अरुण काबेली पावर लिमिटेडको १९ करोड ९४ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।