नबिल इन्भेष्टमेन्ट बैकिङले यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारको कार्य गर्ने

Jun 12, 2023 09:45 PM Merolagani



नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड(NabilInvestmentBanking)ले यूनाइटेड अजोड इन्स्योरेन्स(UAIL)को शेयर रजिस्ट्रारको कार्य गर्ने भएको छ । कम्पनीले शेयर रजिस्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरूवात गरेका थिए।

यस सँगै अब कम्पनिको धितोपत्र कारोबार सम्बन्धी अभिलेख, शेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिक लगायतका सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नारायण चौर नक्सालबाट हुनेछ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।