बीवाईडी एसयूभी ‘युवान अप’ को बिक्री सुरु, नेपालमा कहिले आउँला ?

Mar 30, 2024 10:29 AM Merolagani

चिनियाँ बजारमा बिवाईडीले नयाँ एसयूभी सार्वजनिक गरेको छ । बीवाइडीले आफ्नो इलेक्ट्रिक एसयूभी लाइनअपमा सबैभन्दा कम मूल्यको मोडल ‘युवान अप’ को बिक्री सुरु गरेसँगै नेपाल पनि आउने चर्चा भएको छ ।

सुरुवाती मूल्य १३ हजार ४०० डलर कायम गरेर बिक्री सुरु यो गाडीको लुक्स निकै आकर्षक छ । बिवाईडी अपलाई विभिन्न तीन भेरियन्टमा ल्याएको छ । जसमा लङ रेन्ज मोडल भने १५ हजार २०० डलर र १६ हजार ६०० अमेरिकी डलर मूल्य तोकेर बिक्री सुरु भएको छ ।

यो गाडी चर्चित मोडल एटो–३ भन्दा सानो साइजमा आएको छ । ३२ किलोवाट आवर र ४५.१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा आएको यो गाडीले ३०१ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

 

त्यसैगरी ४५.१ किलोवाट आवरको ब्याट्रीले ४०१ किलोमिटर रेन्ज दिने बिवाइडीको दाबी छ ।
अपमा ७० किलोवाट र ठूलोमा १३० किलोवाटको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । टप स्पीड क्षमता भने १६० किलोमिटर प्रतिघण्टा रहेको यो गाडी नेपाली बजारमा पनि केहि महिना भित्रै आउने जनाइएको छ ।

नेपाली बजारमा पछिल्लो समय बिवाईडीका मोडल लोकप्रिय छन् । नेपालका लागि बिवाईडी गाडीको आधिकारीक वितरक रहेको साइमेक्स इंकले अप एसयूभीलाई पनि नेपालमा छिट्टै ल्याउने जनाएको छ ।

नेपालमा पछिल्लो समय आएका बिवाईडी एटो थ्रि र डल्फिन नेपाली इभी बजारमा सर्वाधिक बिक्री भइरहेका गाडी हुन । बिवाईडी नेपालले सिगल इभी पनि ल्याउने तयारी गरिरहेको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।