Thu, May 16, 2024
काठमाडाैंकाे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा विस्फाेट भएकाे छ । बिहीबार दिउँसाे अस्पताल परिसरकाे एक भवनभित्र विष्फोटको आवाज सुनिएको हाे ।
अस्पतालकाे कार्डियाक सेन्टरको भवनमा एसीको पाइप पड्किएको बताइएकाे छ। विष्फोटकाे ठुलाे आवाज सुनिएपछि अस्पतालमा रहेका मानिसहरु अत्तालिएका थिए। यद्दपी हालसम्म प्रहरीले विस्तृत जानकारी भने दिइएकाे छैन ।
जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।