२२ वर्षको युवाले सुरु गरेका थिए विश्वप्रसिद्ध लडाकु विमान कम्पनी

Apr 30, 2024 03:05 PM Merolagani

राफेल.... सबैभन्दा तीव्र गतिको लडाकु विमान, जसको विषयमा कुनै समयमा भारतमा निकै विवाद भएको थियो। राफेल शब्दको अर्थ ‘हावाको झोंका’ हो। फ्रान्सको डसल्ट एभिएसन यसको निर्माता हो।

यो कम्पनी संसारको सबैभन्दा ठूलो उड्डयन कम्पनीहरुमध्ये एक हो। यसको मार्केट क्याप १६.०४ बिलियन युरो छ। कम्पनीले ९० देशलाई १० हजारभन्दा बढी लडाकु विमान आपूर्ति गर्दछ। हाल राफेल लडाकु विमान फ्रान्स, भारत, इजिप्ट र कतारसँग छ।

सन् १९१४ मा पहिलो विश्वयुद्ध चलिरहेको थियो। मार्सेल ब्लोच नामका २२ वर्षीय केटा त्यतिखेर एरोनोटिक इन्जिनियरिङको तालिम लिइरहेका थिए। त्यति सानै उमेरमा एरोनोटिक इन्जिनियरिङको तालिम लिनु त्यतिबेला सामान्य थिएन।

युद्धको समयमा, फ्रान्सले देशका युवाहरूलाई लडाईमा पठाइरहेको थियो, तर मार्सेल आफ्नो उमेरका केटाहरू भन्दा फरक थिए। त्यसैले उनलाई चालिस–मेडोन एरोनोटिकल रिसर्च प्रयोगशालामा पठाइयो।

त्यहाँ उनले युद्धका लागि निर्मित विमानहरूको जटिलताहरू बारे सिके। उनले त्यो समयसम्म प्रयोगमा रहेका विमानका पखेटाको कार्यसम्पादन सामान्य रहेको पनि महसुस गरे। यस्तो अवस्थामा सन् १९१६ मा उनले आफैंले विमानको पखेटा वा प्रोपेलर डिजाइन गर्ने निर्णय गरे।

उनले विमानको नयाँ पखेटा डिजाइन गरे र यसलाई इक्लेयर नाम दिए। सो उत्पादन ल्याब टेस्टमा पनि उत्तीर्ण भयो। फ्रान्सेली सशस्त्र बलहरूले सुरुमा ५० इकाइहरू अर्डर दिए। यसपछि मार्सेल ब्लोचले आफ्ना एक सहकर्मी हेनरी पोटेजलाई आफूसँग सामेल हुन आग्रह गरे।

ब्लोचले सोसाइटी डेस हेलिसेस इक्लेयर नामक कम्पनी सुरु गरे। हेनरीलाई कम्पनीको निर्देशक बनाए।

१९३५ मा, मार्सेल ब्लोच र हेनरीले सुरु गरेका थिए कम्पनी

१९२९ मा ब्लोचले अर्को सोसाइटी डेस एभियन्स मार्सेल बलोचको स्थापना गरे, जुन पछि सोसाइटी एरोनटिक डू सूद आएस्टमा परिणत भयो। सन् १९३६ मा फ्रान्समा हतियार उद्योगलाई राष्ट्रियकरण गरियो। यसमा मार्सेलको कम्पनी पनि राष्ट्रियकरण भयो। १९३६ मा नै मार्सेलले अर्को कम्पनी खोल्यो, जुन पछि गएर ड्यासल्ट एभिएसन भयो।

फ्रान्समा उड्डयन उद्योग राष्ट्रियकरण हुँदा फ्रान्सको उड्डयन मन्त्रीसँग त्यस्तो कुनै योग्य व्यक्ति थिएन। यस्तो अवस्थामा मन्त्रीले यो कामको जिम्मेवारी बलोचलाई दिए।

मार्सेल ब्लोचलाई वायुमन्त्रीको प्रशासनिक प्रतिनिधिको जिम्मेवारी दिइयो। ब्लोचलाई आफ्नो कारखाना र कार्यशाला चलाउने पूर्ण स्वतन्त्रता पनि दिइएको थियो तर सन् १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भयो र नाजी जर्मनीले फ्रान्समाथि कब्जा जमायो।

जसका कारण फ्रान्सको उड्डयन क्षेत्र पुरै ध्वस्त भयो र ब्लोच सन् १९४० मा जेल परे। उनलाई हिरासत केन्द्रमा राखियो। र उनी ११ अप्रिल, १९४५ मा फ्रान्स स्वतन्त्र नभएसम्म कैदमा रहे। कैदबाट मुक्त भएपछि ब्लोच डेस एभिन्स मार्सेल ब्लोचको अध्यक्ष बने।

दोस्रो विश्वयुद्ध पछि मार्सेल ब्लोचले परिवर्तन गरे आफ्नो नाम

दोस्रो विश्वयुद्धपछि मार्सेलको परिवारले आफ्नो नाम परिवर्तन गर्यो। सन् १९४६ मा मार्सेल ब्लोचले आफ्नो नाम बदलेर ब्लोच डसल्ट राखे। दोस्रो विश्वयुद्ध पछि, सो कम्पनीले फ्रान्समा पहिलो जेट बनायो।

भारतीय प्रधानमन्त्रीहरूसँग डसल्टको सम्बन्ध

डसल्टले पहिलो पटक सन् १९५३ मा ‘तूफानी’ बमवर्षक विमान भारतलाई दिएको थियो। त्यतिबेला जवाहरलाल नेहरू प्रधानमन्त्री थिए। भारतले त्यतिबेला ११३ विमान खरिद गरेको थियो। त्यतिखेर भारत डसल्टको पहिलो विदेशी ग्राहक बनेको थियो। भारतले १९६१ मा पोर्चुगलबाट दीव टापु स्वतन्त्र गर्न तूफानी प्रयोग गरेको थियो।

सन् १९६२ मा तुफानीलाई असम र नागाल्याण्डमा आतङ्ककारीहरू विरुद्ध प्रयोग गरिएको थियो। सन् १९६२ को चीन युद्धमा पनि भारतले यसको प्रयोग गरेको थियो ।

सन् १९६२ मा भारतले डसल्टबाट पनडुब्बी (सबमरिन) विमान ‘अलाइज’ पनि किनेको थियो। सन् १९७८ मा भारतले फ्रान्सबाट ४० वटा रेडी टु फ्लाई जगुआर विमान खरिद गरेको थियो।

सन् १९८२ मा भारतले ४९ ‘मिराज २०००’ विमानका लागि सम्झौता गरेको थियो। कारगिल युद्धमा यो विमानले महत्त्वपूर्ण भूमिका खेलेको थियो। सोही विमान २६ फेब्रुअरी २०१९ मा बालाकोटमा आतंकवादी लुकाउने ठाउँ नष्ट गर्न पनि प्रयोग गरिएको थियो।

सन् १९८६ मा परीक्षणका लागि बनेको लडाकु विमान राफेलको नामबाट प्रसिद्ध

१९७० मा, फ्रान्सेली वायु सेना र नौसेना पुरानो विमान फ्लीट प्रतिस्थापन गर्न चाहन्थे। यसका लागि फ्रान्स सरकारले बेलायत, इटाली, जर्मनी र स्पेनसँग लडाकु विमान बनाउने सम्झौता गरे पनि कामका सम्बन्धमा यी देशबीच समन्वय नहुँदा सम्झौता सफल हुन सकेन।

फ्रान्सले आफ्नै विकास कार्यक्रम सुरु गर्यो। यस अन्तर्गत, १९८६ मा डसल्ट एभिएसनले पहिलो फाइटर जेट (लडाकु विमान) परीक्षण गर्यो। यस लडाकु विमानलाई पछि राफेल नाम दिइएको थियो।
राफेल पूर्णतया फ्रान्सले बनाएको थियो। त्यसपछि फ्रान्सका सबै ठूला डिफेन्स कम्पनीहरूले यसलाई बनाउन सहयोग गरेका थिए।

(अनुवादित)

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।