खराब कर्जामा जेलिँदै सरकारी स्वामित्वका ३ बैंक, कसको अवस्था कस्तो छ?

May 01, 2024 11:32 AM Merolagani

चालु आर्थिक वर्षमा सरकारी स्वामित्वको बैंकहरुमा पनि खराब कर्जा बढेर जाँदा बैंकहरु प्रतिफल दिन नसक्ने अवस्थामा पुगेका छन्। हाल सरकारको स्वमित्व ३ बैंकमध्ये २ बैंक नेप्सेमा सूचीकृत छन्। समग्र अर्थतन्त्रमा देखिएको मन्दीको असर सरकारी स्वामित्वका बैंकहरुमा पनि देखिएको छ।

 

३ बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक अधिकाँश सूचकमा अन्य बैंकभन्दा अब्बल देखिएको छ। भने नेपाल बैंक केहि कमजोर देखिएको छ।

  • पूँजी सबैभन्दा बढी भएको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप र कर्जा पनि उच्च

सरकारी स्वामित्वका बैंकहरुमा राष्ट्रिय वाणिज्य बेंकको चुक्ता पूँजी सबैभन्दा धेरै १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने नेपाल बैंकको १४ अर्ब ६९ करोड र कृषि विकास बैंकको १३ अर्ब ४५ करोड रुपैयाँ छ।

निक्षेपको आधारमा पनि राष्ट्रिय वाणिज्य बैंकको निक्षेप सबैभन्दा धेरै ३ खर्ब ६८ करोड रुपैयाँ रहेको छ भने नेपाल बैंकको २ खर्ब ६१ अर्ब र कृषि विकास बैंकको २ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ।

यस्तै कर्जामा पनि राष्ट्रिय वाणिज्य बैंककै सबैभन्दा धेरै २ खर्ब ४६ अर्ब छ भने कृषि विकास बैंकको १ खर्ब ९६ अर्ब र नेपाल बैंकको १ खर्ब ८५ अर्ब रुपैयमाँ रहेको छ।

  • राष्ट्रिय वाणिज्य बैंकको नाफा उच्च, कृषि र नेपाल बैंक प्रतिफल नै दिन नसक्ने अवस्थामा

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा धेरै २ अर्ब ३७ करोड रुपैयाँ छ भने कृषि विकास बैंकको १ अर्ब ७२ करोड र नेपाल बैंकको १ अर्ब ३० करोड रुपैयाँ रहेका छ। कृषि विकास बैंकले गत वर्षको तुलनामा नाफामा आकर्षक सुधार गरेको छ।

तर खराब कर्जाका कारण राष्ट्रिय वाणिज्य बैंक बाहेक अन्य दुई बेंक शेयरधनीलाई प्रतिफल दिन नसक्ने अवस्थामा छन्। किनभने कृषि विकास बैंकको वितरणयोग्य नाफा ११ करोड ४५ लाख र नेपाल बैंकको वितरणयोग्य नाफा १० कराेड ४६ लाख रुपैयाँले नकारात्मक छ।

बैंकहरुले नाफाको ठुलो रकम सम्भावित जोखिमबापत छुट्याउनु परेकोले पनि उनीहरुले शेयरधनीलाई प्रतिफल बाँड्न नसक्ने अवस्था आएको हो।

  • खराब कर्जाको चपेटामा ३ वटौ बैंक

सरकारी स्वामित्वका ३ वटै बैंक खराब कर्जाको चपेटामा देखिएका छन्। जसमा कृषि विकास बैंकको केहि कम भएपनि अन्य दुई बैंकको ५ प्रतिशत नजिक पुगेको छ।

कृषि विकास बैंकको खराब कर्जा ३.३ प्रतिशत छ भने राष्ट्रिय वाणिज्य बेंकको ४.३ र नेपाल बैंकको सबैभन्दा धेरै ४.८५ प्रतिशत रहेको छ।

प्रतिशेयर आम्दानीमा भने राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि छ। चैत मशान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा बढी २० रुपैयाँ २४ पैसा रहेको छ भने कृषि विकास बैंकको १७ रुपैयाँ १२ पैसा र नेपाल बैंकको १ रुपैयाँ १७ पैसा छ।

रिटर्न अन इक्वीटि कृषि विकास बैंकको सबैभन्दा धेरै ७.६१ प्रतिशत छ भने राष्ट्रिय वाणिज्य बैंकको ५.९३ प्रतिशत र नेपाल बैंकको ०.४८ प्रतिशत मात्र रहेको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।