यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत मात्रै

Apr 30, 2024 05:43 PM MeroLagani

चालु वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार लेखा तथ्यांकसम्बन्धी विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/०८१ मा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरेको हो ।

यो वर्ष गत वर्षको तुलनामा बढ्ने अनुमान गरिएको हो । गत वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशत थियो । यस्तै चालु आर्थिक वर्षमा आधारभुत मूल्य वृद्धिदर ३.५४ प्रतिशत हुने अनुमान गरिएको छ । कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान छ ।
चालु आर्थिक वर्षको प्रतिव्यक्ति आय १४५६ डलर हुने अनुमान छ । विभिन्न क्षेत्रको मूल्यांकन तथा मापन गरेर आर्थिक वृद्धिको अनुमान हुँदै आएको छ । १८ वटा आर्थिक क्षेत्रका क्रियाकलापको विश्लेषण गरेर अनुमान निकालिएको हो ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।